Advertisement

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको दादागिरी, समुह गठनमा मनोमानी गरेका कठायतले ईकाई समुह गठनमा पनि झिके बखेडा, भिडियो सहित हेर्नुस

महेन्द्रनगर– बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले बेदकोद नगरपालिका वडा नं. १० मा उपभोक्ता ईकाई समुह गठनमा मनोमानी गरेका छन् । बेदकोट नगरपालिका वडा नं. १०मा दुई वटा ईकाई समुह रहेका छन् । नयाँगाउमा रहेको उपभोक्ता ईकाई समुहबाट दुई, चथरीबाट तिन जना प्रतिनिधि गरी वडा नं. १० बाट ५ जना प्रतिनिधि छनौट हुनेछन् । अध्यक्ष कठायतले नयाँगाउँको उपभोक्ता ईकाई समुहबाट आफुलाई दादागिरीशैलीमा प्रतिनिधिका लागि छनौट गरेका हुन् । नयाँ गाउको ईकाई गठनका लागि बैधानिक(सक्रिय) ७ ओटा समुह जानकी, चाहना, सरस्वती, भगवती, जनज्योती, रानी र खप्तड उपभोक्ता समुहबाट २/२ जना प्रतिनिधि छनौट भएका थिए । उनीहरुबाटै ईकाई गठन गर्नु पर्ने भएता पनि अध्यक्ष कठायतले चाहना, जनज्योती, खप्तड र अबैधानिक सिद्धनाथ समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागिता गराएर दादागीरीशैली अपनाएर आफुलाई बेदकोट उपभोक्ता समिति चयनका लागि प्रतिनिधि छनोट गराएका हुन् । मिटिङमा सहभागिता भएकामध्ये जनज्योती समुहको आधिकारीक प्रतिनिधि कल्पना साउद र सारदा रोकाया हुन् । साउद र रोकायालाई मिटिङ नै प्रवेश गर्न दिएनन् । उनीहरुको सट्टा जनज्योती समुहबाट अमुक व्यक्तिलाई प्रतिनिधि बनाई मिटिङमा सहभागिता गराएका थिए । भने चाहना समुहबाट आएका दुई जना प्रतिनिधिमध्ये गंगा कठायतले मिटिङ नै बहिस्कार गरेका थिए ।

सिद्धनाथ समुह क्रियाशिल नभएता पनि आफु निकटका प्रतिनिधि आउने भएपछि फर्जी कागज बनाई बैधानिकता दिईएको चाहना समुहका अध्यक्ष गंगा कठायतले बताउनुभयो । उनका अनुसार सात वटा बैधानिक र क्रियाशिल उपभोक्ता समुह भएता पनि तिन ओटा उपभोक्ता समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागि गराईएको थियो । अध्यक्ष कठायतले जानकी, सरस्वती, रानी र भगवती उपभोक्ता समुहबाट आएका प्रतिनिधिलाई मिटिङमा प्रवेश गर्न नदिएपछि विरोध जनाएको भगवती उपभोक्ता समुहकी अध्यक्ष गंगा कठायतले बताउनुभयो ।
अध्यक्ष अर्जुन कठायतले आफु निकटका प्रतिनिधि नआउने थाहा पाएपछि सक्रिय समुहलाई पनि नविकरण गर्न दिएको छैन । बेदकोट उपभोक्ता समितिका अध्यक्ष अर्जुन कठायतले दर्ता भएर सक्रिय रहेका भेराल, नवदुर्गा र कैलास उपभोक्ता समुहलाई नविकरण गर्न दिएको छ्रैन् । ति समुहमा बचत गर्नेदेखि विभिन्न क्रियाकलाप सक्रियरुपमा रहेको छ ।

अध्यक्ष अर्जुनले वडा नंम्बर १० मा चाहना र सरस्वती उपभोक्ता समूह गठनमा पनि मनपरी गरेका थिए । उनले कहाँसम्म मनपरी गरेका थिए भने ३४ जना उपभोक्ता रहेको समुमा अमुक उपभोक्ता ल्याएर २७ जनाको उपस्थीति बनाई प्रतिनिधि छनौट गरेका थिए । त्यसैगरी सरस्वति समुहमा पनि उपभोक्तालाई जानकारी नै नगरी प्रैतिनिधि छनौट गरेका थिए । आफ्नो समुहबाट अमुक व्यक्ति प्रतिनिधि छनौट भईसकेको सूचना पाएपछि स्थानीयले विरोध गरेका थिए । विरोध गरेपछि माफि मागेका अध्यक्ष अर्जुनले विवाद भएका समुहको प्रतिनिधि पुनः चयन गर्ने बताएका थिए । त्यसपछि उनले गाउँमै गएर प्रतिनिधि छनौट गरेका थिए । दुई कार्यकाल बेदकोट उपभोक्ता समिति अध्यक्ष बनेका अर्जुनले फेरी पनि अध्यक्ष हुनको लागि मनोमानी ढंगले उपभोक्ता समुह गठनदेखि उपभोक्ता ईकाई समुह गठनमा बखेडा झिकिरहेको स्थानीयको भनाई रहेको छ ।
स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिने गरेको आरोप स्थानीयले उठाएका छन् ।

भिडियो सहित हेर्नुस

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज