Advertisement

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती

महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमती भएको छ ।
गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।


बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ ।
विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमती हुन नसक्दा निर्माण प्रभावित हुदै आएको थियो । शुक्रबारको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
“ यसअघि पनि छुट्टा÷छुट्टै धेरै चरणमा सहमती र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन ।” उहाँले भन्नुभयो–“ आज सम्वद्ध निकायको संयुक्त बसाइले सहमती भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो ।”
विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि संगै गर्दै जाने विषयमा सहमती भएको छ ।
“ विमानस्थलका चाहिने सेनाको जग्गा ( फुटवल मैदान र आवास भएको स्थान) मा सेनाको सहमती भएकाले तत्काल काम अघि बढ्ने भयो ।” मन्त्री लेखकले भन्नुभयो–“ विमानस्थलका लागि आवश्यक पर्ने सोही क्षेत्रको बाँकी जग्गाको विषयमा ईआइएपनि संगसंगै गर्दै अघि बढ्ने भयो ।”
बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानबीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकरात्मक हुनुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमती नरहेको, सो क्रममा मिचिने फुटवल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिनुभएको थियो । सेनाले राखेको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधीकारीहरुले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकरात्मक रहेको बताउनुभएको छ ।
विमानस्थलका विषयमा मन्त्री लेखक लामो समयदेखि सहजीकरणका लागि प्रयासरत हुनुहुन्थ्यो । भीमपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्देश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशतमा विमानस्थल तीन बर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज