मोबाइल बैंकिङका ग्राहक लक्षित ठगीबाट जोगिन साइबर ब्युरोले दियो सूझाव
महेन्द्रनगर – नेपाल प्रहरीको साइबर ब्युरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिंक क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न अनुरोध गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, शेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिंक खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिंक पठाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाइ अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतना अपनाउन नेपाल प्रहरीको साइबर ब्युरोले विज्ञप्ती जारी गरी सर्वसाधारणलाई सचेत गराएको हो ।...




















