Advertisement

ट्रेन्डिङ

आउँदो शनिबार र आईतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

आउँदो शनिबार र आईतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सरकारले आउँदो शनिवार र आइतवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई दिने अभियानमा पाँच वर्षमुनिका झन्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । भिटामिन ‘ए’ कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभरका जिल्लामा सञ्चालन हुँदै आएको छ । यसैविच सरकारले नियमित खोप लगाउन छुटेका पाँच...
मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्धारा सेवा सुरु

मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्धारा सेवा सुरु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–मन्त्र अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सक सेवा शुरु गरेको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढकाललाई भित्तयाएर मन्त्र अस्पतालले नवजात शिशु तथा बालरोग विषेशज्ञ चिकित्सक सेवा सुरु गरेको हो । डा. ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा सेवा गरेको अनुभव डा. ढकालसंग रहेको मन्त्र अस्पतालले जनाएको छ ।   अस्पतालमा विशेषज्ञ र मेडिकल गरी १५ सहित ६५ जना दक्ष जनशक्तिले सेवा प्रदान गरीरहेका छन् । महिनामा मेजर र मुख्य शल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. गोबिन्द रोकायाले बताउनुभयो । ओपिडिमा दैनिक ७५ देखि ८० जना सम्म आउने गरेको र एमर्जेन्सिमा २० जना जति सेवाग्राही आउने गरेका छन् । अस्पतालले हाडजोर्नी लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ । विभिन्न रोगको फुल टाईम र पार्ट टाइम...
दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का स्थानीय सिँचाईको प्रबन्ध नहुदा विगत लामो समयदेखि सिँचाई गरेवाफत बोरिङ्गको प्रतिघण्टा दुई सयका दरले शुल्क तिर्दै आएका थिए । वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले वडाबासीको समस्या बुझेपछि उहाँले वडाबासिलाई पचास प्रतिशत अनुदान रकममा बोरिङ्ग दिने योजना अघि सार्नुभयो । जुन योजना अनुसार वडा सरकारले पचास प्रतिशत व्यक्ति लगानी र पचास प्रतिशत वडाको अनुदानमाा वडाका ४९ जना किसानलाई सिँचाई बोरिङ्ग वितरण गरेको छ । मंगलबार मात्रै वडा कार्यालयले ५० प्रतिशत अनुदानमा खेतिपातिका लागि आकासे पानीको भर पर्ने किसानलाई सिँचार्ई बोरिङ वितरण गरेको छ । उत्पादन बृद्धि गर्ने र किषानका समस्या हल गर्ने उदेश्यका साथ किसानहरुलाई पचास प्रतिशत रकम अनुदान दिएर बोरिङ वितरण गरिएको वडाध्यक्ष ओम बस्नेतले बताउनुभयो । ‘वडामा कृषि उत्पादनलाई बढाउने लक्ष्यसहित वडाको...
वडा नम्बर ४को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

वडा नम्बर ४को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नवनिर्मित प्रशासनिक भवनको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । नयाँ बर्षको अवसरमा दोधारा चाँदनी नगरपालिकाका वडा नं. ४को प्रशासनिक भवनको समुद्धघाटन नगर प्रमुख किशोर कुमार लिम्बुले भवनको उद्धघाटन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षता एवं नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजना सहित काम अघि बढाएको छ । वडा कार्यालय भवन उद्धघाटन गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले अझै केही वडा कार्यालयको भवन निमार्णको लागी पहल भईरहेको बताए । नगरप्रमुख लिम्बुले सबै वडामा पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अन्र्तगत वडा कार्यालयका लागि भवन निर्माण कार्य सम्पन्न भएको बताए । दोधारा चाँदनी नगरपालिकाले ब...
दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर - दुर्गा प्रसाईलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटी बाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याई पुरयाईएको राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले बताएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ। यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ। समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन् । ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रूपमा अस्तालसम्म पुर्‍याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। यस्त...
स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । बिहीबार सात निजामती कर्मचारीका सघ संगठनहरुले स्थानीय सेवा ऐन जारी गर्न माग मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका हुन । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले निजामती कर्मचारी संगठन सहित सात संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । सुप प्रदेश बाहेक अन्य प्रदेशमा स्थानीय सेवा ऐन र नियमावली जारी भएको अवस्थामा सुप प्रदेशमा ढिलाई भईरहेको भन्दै ऐन पारित गराउनका लागि कर्मचारी संघ संगठन सडकदेखि आन्दोलनमा आउन बाध्य भएको मुख्यमन्त्री शाहको ध्यानार्कण गराएका छन । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड यूनियन कैलालीका अध्यक्ष विमल प्रकास जोशी, एकीकृत सरकारी कर्मचारी संग...
कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षकदेखि कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठन पाठन गराउन निर्देशन दिएको छ । पालिकाले १६औ नगरसभाबाट आउँदो शैक्षिक सत्र ०८२ देखि सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षक, कर्मचारीका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पठन पाठन गराउनुपर्ने निर्णय पास गरी उक्त निर्णय कार्यन्वयन गराउन शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत सम्बन्धीत पक्ष सबैमा जानकारी गराएको हो । कृष्णपुर नगरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालय विद्यार्थी बिहिन रित्तिन लागेपछि २८ पुष ०८१कोे नगर सभाबाटै पहिलो पटक सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि निर्णय गरेको बताए । मेयर ओझाका अनुसार नगरपालिका अन्र्तरगत रहेका जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिका...
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक बिरेन्द्र प्रशाद भट्ट निर्विरोध निर्वाचित भएका छन् । बिहिबार सम्पन्न भएको नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अधिवेशनबाट उप–प्राध्यापक भट्ट निर्बिरोध अध्यक्षमा चयन भएका हुन । उपाध्यक्षमा प्रकासचन्द्र बडू, सचिवमा डा. गम्भिर बहादुर चन्द, कोषाध्यक्षमा रमेश कुमार साउद, सदस्यमा हरिदत्त पन्त, मदन सिह खडका, हरीशरण भट्ट निर्विरोध चयन भएका छन । महाधिवेशन प्रतिनिधीमा शंकरदत्त भट्ट, टिकाराम खरेल, प्रकासचन्द्र बडू, राजेन्द्र प्रशाद जोशी, डा. राजेन्द्र पन्त रहेका छन । बन्दशत्रको अध्यक्षतामा प्रगतिशील प्राध्यापक संगठनका नेता महेन्द्र बहादुर चन्द र सदस्य शंकरदत्त भट्ट, राजेन्द्र प्रशाद जोशी रहेका थिए । नेपाल प्रगतिशिल प्र...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघका सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो । सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो । ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो । महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताउनुभयो । ‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले भन्नुभयो । तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले भनेको ...
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबलाई

खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार भएको फाइनलमा बनारसी क्रिकेट क्लबलाई ६ बिकेटले हराउदै पाटन भ्याली क्रिकेट क्लबले उपाधी जितेको हो । कृष्ण मावि को खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बनारसी क्रिकेट क्लबले १४ दशमलव ४ ओभरमा अलआउट हुदै ७२ रन बनाएको थियो । बनारसीका सुदर्शन भट्टले सर्वाधिक २१ रनको बनाए । भ्यालीका धिरेन चन्दले ४ विकेट लिए । ७३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले ८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । उपाधी विजेता पाटन भ्यालीले १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसी क्रीकेट क्लबले ४५ हजारमा ५५ रुपैँया नगद सहीत ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझायो । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल भण्डारी म्यान अफ द सिरिज घोषित भए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज