सुदूरपश्चिममा ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री
महेन्द्रनगर–जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेता मार्फत उक्त सङ्ख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो। हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए ।
‘हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ,’ उहाँले भन्नुभयो ‘पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ। डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ। शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ।’
कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उ...




















