Advertisement

ट्रेन्डिङ

स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउनुपर्ने स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग

स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउनुपर्ने स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्वास्थ्य
काठमाण्डौ – स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गनुपर्ने माग राखी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन । संघियतालाई सफल रुपमा कार्यान्वयन गर्न लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गनुपर्ने तर हालसम्म पनि औपचारिक रुपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया समेत नगरेकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुुट्टै स्वास्थ्य सेवा ऐन ल्याउनु पर्ने खतिवडालाई ध्यानाकर्षण गराएका छन । ध्यानाकर्षणमा संयुक्त निजामती कर्मचारी ट्रेड युनियनहरुले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गनुपर्ने माग प्रति गम्भिर ध्यानाकर्षण भएको र निजामती ट्रेड युनियनहरुको हैकमवादि र निरकुंश प्रवृति भएको र आफ्नो क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरेको र स्वास्थ्यकर्मी टे«ड युनियनहरुको सौदावा...
सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयले निर्माण व्यवसायीको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी संघ कञ्चनपुरले आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले आइतबार निर्माण व्यवसायी संघमा पत्रकार सम्मेलन गरी एक हप्ताभित्र भुक्तानी नदिए विश्वविद्यायको केन्द्रीय कार्यालय सहित केन्द्रिय कलेलको ईन्जिनियरीङ्ग विभाग र व्यवस्थापन विभागको माथिल्लो तलामा तालाबन्दी गर्ने चेतावनी दिएको हो । सुप विश्वविद्यालयका प्राध्यापक डा. हेमराज पन्तले नयाँ रजिष्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले एक साताभित्र भुक्तानी नदिएमा तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताउनुभयो । ‘प्रक्रिया अनुसार निर्माण कामकाज भएको छ, असोजमा काम सम्पन्न गरी बिल पेश गरिएको छ, अहिलेसम्म भुक्तानी दिइएको छैन’ पत्रकार सम्मेलनममा उनले भन्नुभयो ‘भिसी सापले नयाँ रजिष्ट्रार नियुक्त भएपछि भुक्तानी दिने आश्वासन दिनु ...
नेपाल निजामति कर्मचारी संगठनले ५६औँ स्थापना दिवस अवसरमा अनाथालयमा सामग्री वितरण

नेपाल निजामति कर्मचारी संगठनले ५६औँ स्थापना दिवस अवसरमा अनाथालयमा सामग्री वितरण

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल निजामति कर्मचारी संगठनले ५६औ स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरले समाज कल्याण अञ्चल बाल अनाथालयमा भौतिक सामग्री प्रदान गरी ५६औ स्थापना दिवस मनाएको हो । नेपाल निजामति कर्मचारी संगठनको ५६ स्थापना दिवसको उपलक्षमा २ ओटा स्ट्याण्ड पंखा र ५ थान कुर्सि हस्तान्तरण गरीएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द, पेशागत महासंघ नेपाल कञ्चनपुरका उपाध्यक्ष तिलकराज जोशी, निजामति कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष दिनेशराज भट्ट, सचिव लाल बहादुर विष्ट लगायत सहभागी भएका थिए ।...
विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसंगको सहकार्यमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तालिम दिईएको हो । शुक्रबार र शनिबार गरी दुई दिन महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको महासघले जनाएको छ । कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्न आग्रह गरेका छन । ‘सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका हुन्छ, ‘महानिर्देशक विष्टले भने, ‘सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सरकारको मात्रै नभई समुदायका अध्यक्ष ज्यूहर...
राष्ट्रिय युवा संघ दोधारा चाँदनीको नगरको अध्यक्षमा पुनः चौधरी

राष्ट्रिय युवा संघ दोधारा चाँदनीको नगरको अध्यक्षमा पुनः चौधरी

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – राष्ट्रिय युवा संघ दोधारा चाँदनी नगरपालिकाको अध्यक्षमा पुनः विनोद चौधरी चयन भएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीको दोस्रो नगर अधिवेशनबा चौधरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । अधिवेशनबाट उपाध्यक्षमा भक्त बहादुर रावत, सचिवमा भरत नेपाली, उपसचिवमा दशरथ भट्ट, किरन भाट, कोषाध्यक्षमा पंकज सुनार चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा कुमार शाही, मेनका ओझा, दशरथ साँउद, स्नोफी बस्नेत, नितु जोशी, करविर सिंह साँउद, नरेश खड्का, तिलक बहादुर बुढा, लक्ष्मण कोली सर्वसम्मत चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीको दोस्रो नगर अधिवेशनमा चयन भएका पदाधिकारीहरुलाई नेकपा एमालेका नेताहरुले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । पुनः अध्यक्षमा निर्वाचित भएका चौधर...
सगरमाथा उपभोक्ता समिति दोधाराको अध्यक्षमा पुन : बस्नेत

सगरमाथा उपभोक्ता समिति दोधाराको अध्यक्षमा पुन : बस्नेत

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दोधारा– सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराको अध्यक्षमा अमर बस्नेत चयन भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रहेको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्षमा अमर बस्नेत चयन भएका छन् । उपाध्यक्षमा योगेश खड्का, सचिवमा सर्वजित बुढा, सह–सचिवमा टिकाराम शर्मा, सदस्यमा क्रमशः दुर्गा बस्नेत, राम बहादुर खड्का, बिष्णु बहेक क्षेत्री, केशरी सुनार, चन्द्र बहादुर खड्का, मञ्जु राना, पदमा खत्री, दिलमाया सुनार, मोहन सुनार गरि १३ सदस्यीय कार्य समिति चयन गरीएको दोधारा चादनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले बताउनुभयो ।...
नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सडक दुर्घटनामा परि नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सडक दुर्घट्नामा परी घाइते भएका छन् । शनिबार साझ महेन्द्रनगरदेखि अत्तरिया तर्फ जानेक्रममा कलुवापुर बजार नजिकै बिएई ०२९८ नम्बरको कारले सोही दिशातर्फ गइरहेको सु।प।प्र ०२००४ प २६९९ नम्बरको स्कुटी लाई ठक्कर दिदा स्कुटिमा सवार बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको हो । घाइते नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष बुढाको टाउको र दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमेश जोशीले जानकारी दिए । अध्यक्ष बुढाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको डिएसपी जोशीले बताए । प्रहरीले दुवै सवारी साधन र कारचालक कैलालीको धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षिय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुशन्धान भइरहेको जनाएको छ ।...
निजामति  सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

निजामति सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
– महादेव जोशी, राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासकिय सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रको ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । राज्यको इच्छालाई साकारतुल्याउन र राज्यबाट प्रबाह हुने सेवालाई नागरीकहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । निजामती कर्मचारी सेवा (Civli Service) को सुरुआत नेपालमा औपचारिक रूपमा २००८ सालमा भएको मानिन्छ । तर, यसको जरा राणा शासनको अन्तिम कालदेखि देखिन थालेको पाइन्छ । राणा शासनकाल (१९०३–२००७)मा निजामती सेवा औपचारिक रूपले व्यवस्थित थिएन । दरबार र शासनका लागि आवश्यक लेखा, न्याय, सुरक्षा, र अन्य प्रशासनिक कामका लागि कर्मचारी राखिन्थ्यो, तर त्यो नातावाद र कृपाबाट प्रभावित हुने गरेको विभिन्न तथ्यहरुले देखाउछ । २००७ सालको परिवर्तनपछि लोकता...
स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर बजेट बिनियोजन गर्न आग्रह गरेको छ । समाज राष्ट्रको बिकास परिवर्तनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका संचारमाध्यमहरु पछिल्लो समय आर्थिक अभावका कारण धराशायी बन्दै गएको भन्दै महासंघ कंचनपुर शाखाले उक्त आग्रह गरेको हो ।  नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको बैशाख ५ गते शुक्रबारका दिन शाखा अध्यक्ष  सुरेश सिंह धामीको अध्यक्षतामा सम्पन्न  बैठकले  कंचनपुरका ९ वटै स्थानिय तह अर्थात पालिकाहरुलाइ  बिगतका बर्षहरुमा बिनियोजन गर्दै आएको सन्चारमाध्यम सङ्ग सम्बन्धित  प्रकाशन प्रसारण लगायतका अन्य सिर्षकका  बजेटमा आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सन्चारमाध्यमलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्न , सुचना, सन्देश ,कार्यक्रमको प्रकाशन तथा प्रशारणमा बिगतको भन्दा थप रकम बिनि...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको भन्दै विज्ञप्ती जारी गरेको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरीएको छ । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज