साउद दाजुभाईको भान्सामा भेटियो दुई किलो बढि चरेश
रिदम दत्त पन्त,
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ३ तिलाचौर स्थीत राम सिंह साउद र हेमन्त साउदको भान्सामा दुई किलोबढि चरेश भेट्टीएको छ । शनिबार जिल्ला प्रहरी कार्यालयलाई मिलेको गोप्य सूचनाको आधारमा चरेश खोजि गर्दै जादा साउद दाजुभाईको भान्सामा दुई किलो १५५ ग्राम चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिएका छन् ।
उनका अनुसार दुवै दाजुभाईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ । जिल्ला प्रहरी कार्यालयलाई दुवै दाजुभाई लागु औषध चरेश विक्रि गरीरहेका छन भन्ने गोप्य सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।
जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी खडक बहादुर खत्रीले जानकारी दिए ।...



















