Advertisement

महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए । ‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने ।

 

उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । ‘विद्यालयको चौतर्फी विकासमा अहोरात्र खटेर उत्कृष्ट कार्य गरी विद्यालयलाई यस स्थानमा पुर्याउनुहुने विद्यालय व्यवस्थापन समितिका साथीहरू, पिटिए, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, सबै तह र समूहका संयोजक, सह संयोजक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समर्पित अभिभावक ज्यूहरू, लगनशील विद्यार्थीहरू लगायत सरोकारवाला सबैलाई हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछु’ उनले भनेका छन्, ‘साथै विद्यालयको मूल्याङ्कन गरी उत्कृष्ट पुरस्कार आयोजना गरेर थप हौसला बढाउने पान परिवारप्रति हार्दिक आभार ।’

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था पाननले महेन्द्रनगर माविलाई सुदूरपश्चिम क्षेत्रमा उत्कृष्ठ विद्यालय छनौट गरी पोखरामा पुरस्कार प्रदान गरेको हो । महेन्द्रनगर मावि सुदूरपश्चिमा सबैभन्दा बढी विद्यार्थी अध्ययन गराउने विद्यालयमा पर्छ । विद्यालयमा हाल झण्डै साढे तीन हजार हजार विद्यार्थी अध्ययनरत छन् ।

 

मन्त्री पन्तको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम राखिएको छ । कार्यक्रमको अध्यक्षता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अमर बहादुर थापाले गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज