नयाँ खबर
महेन्द्रनगर : जिल्ला स्तरीय अन्तर माध्यमिक गणित/विज्ञान शैक्षिक सामाग्रि प्रदर्शनीमा कञ्चनपुर जिल्लाका सामुदायिक विद्यालय प्रथम भएका छन् । शुक्रवार शान्ति निकेतन माध्यमिक विद्यालयको आयोजना तथा शिक्षा विकास निर्देशनालय दिपायलको समन्वयमा महेन्द्रनगरमा सम्पन्न अन्तर माध्यमिक गणित÷विज्ञान प्रदर्शनीमा महेन्द्रनगर नमुना मावि र लक्ष्मी मावि बागफाटा प्रथम भएको हुन् । विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले आयोजना गरीएको प्रदर्शनीमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मावि विज्ञान विधामा र लक्ष्मी मावि बागफाटा गणित विधामा प्रथम भएको आयोजक विद्यालय शान्ति निकेतन मााविका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । यस्तै विज्ञानविधामा निङलासैनि माध्यामिक विद्यालय द्वितिय, सत्यवादी मावी बनगाउ तृतीय भएको प्रधानाध्यापक ओझाले बताए ।
महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले लगातार दोस्रो पटक विज्ञान तर्फ प्रथम स्थान हासिल गरेको हो । महेन्द्रनगर नमुना माविले विद्यार्थीहरूलाई विज्ञान सामाग्री निर्माण, कम्प्युटर सम्बन्धी कोर्सका विषयमा विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ ।

त्यसैगरी गणितविधातर्फ इन्टरनेशनल पब्लिक स्कुल द्धितिय र महेश्वर मावि सुकासाल तृतीय भएका छन् । लक्ष्मीमावि बागफाटा कमजोर विद्यालयको रुपमा दर्जा हुदै आएकोमा प्रमानन्द नाथ विद्यालयको प्रधानाध्यापक भएपछि विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेको छ । प्रधानाध्यापक नाथले आएपछि विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै बढ्नुको साथै विद्यालयमै गणित पार्क समेत निर्माण गरीएको छ ।

दुवैविधामा समान रुपले प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ४ हजार द्धितियलाई ३ हजार, तृतीयलाई २ हजार र सान्तोना पुरुष्कार एकहजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
विज्ञान प्रविधिका विभिन्न विद्याहरूको नमूना प्रदर्शनी गरिएको शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । जिल्ला स्तरीय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा विज्ञान प्रर्दशनीमा १५ विद्यालय र गणित प्रर्दशनीमा ९ विद्यालय गरि २४ वटा विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानका शैक्षिक सामाग्री प्रदर्शनमा राखिएको उनले बताए । प्रदशनिमा निजि तथा सरकारी विद्यालयहरुको सहभागिता रहेको थियो ।

शैक्षिक सामाग्री मूल्याङ्कनका लागि त्रिभुवन माध्यामिक विद्यालय तिलाचौरका प्रद्यानाध्यापक रमेश कुमार जोशी, निङलाशैनी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनश्याम भट्ट र महेन्द्रनगर माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक ललित सिंह साउद रहनुभएको थियो । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपालदत्त जोशीको प्रमुख आतिथ्यता तथा शान्ती निकेतन माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त भट्टको सभापतित्वमा शिक्षिका बिमला भट्टले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।