नेपाली कांग्रेस कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस
महेन्द्रनगर–नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट माघ महिनामा हुने राष्ट्रिय सभा सदस्य र २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । बिहीबार उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारको छनोट निर्वाचनमार्फत गरेको हो । भने राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सर्वसम्मत उम्मेदवार सिफारिस गरीएको नेपाली काांग्रेसले जनाएको छ ।
क्षेत्रीय सभापतिसमेत रहेका गोपाल प्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएका हुन । जेन–जी युवा पुस्ताका मदन उपाध्याय १० र अर्का युवा हरेन्द्र चन्दले १६ मत पाएर सिफारिसबाट वञ्चित भएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८४ प्रतिनिधिले मतदान गरेका थिए।समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस भएको छ। समानुपातिकतर्फ बेलडाँडीकी सगुना राना, बेलौरीकी खिना भण्डारी, राष्ट्रि...



















