आर्थिक अभावमा क्यान्सरपीडित सुदूरका युवा जमन कार्की संकटमा
महेन्द्रनगर - आर्थिक अभावमा सुदूरपश्चिम प्रदेश दार्चुलाका एक युवा संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महाकाली नगरपालिका २पण्डोराका जमन सिह कार्की संकटमा परेका हुन ।
कार्की चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन । कञ्चनपुर महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका कार्की हाल बुटबल बस्दै आएका छन । उनी क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन ।
दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन ।
क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उनको उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए । ‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा...




















