कञ्चनपुरका दुई पालिकालाई भारतिय सहयोगका एम्बुलेन्स प्रदान
महेन्द्रनगर–कञ्चनपुर जिल्लाका दुई स्थानीय तहले नेपाल–भारत साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स प्राप्त गरेका छन् । शनिबार काठमाण्डौंमा भारतिय राजदुतावासमा आयोजित एक कार्यक्रममा जिल्लाका कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाले उपहारस्वरुप एम्बुलेन्स पाएका हुन् ।
काठमाडौंमा आयोजित उक्त समारोहमा भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनहरुको चाबी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझालाई हस्तान्तरण गरेका छन् । भारत सरकारको सहयोगमा प्राप्त सुबिधा सम्पन्न एम्बुलेन्सले दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाका ेस्थानीयलाई स्वास्थ्य सेवाको पहुचमा पु¥याउन ठुलो राहत पुग्ने जनअपेक्षा गरीएको छ ।
भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको क...



















