Advertisement

Author: नयाँ खबर

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

Breaking News 1, samachar, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ। आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो । प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू(भागमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कु...
जेन–जी आन्दोलनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्री ओली दुखी, छानबिन समिति गठन गरी सिघ्र छानविन गरीने घोषणा

जेन–जी आन्दोलनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्री ओली दुखी, छानबिन समिति गठन गरी सिघ्र छानविन गरीने घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको सोमबारको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै छानविनका लागि समिति गठन गर्ने बताएका छन् । प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यसलाई ‘अत्यन्तै मर्माहत बनाउने घटना’ भनेका छन् । प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको स्पष्ट पार्दै विज्ञप्तीमा भनेका छन् , “हामी मागलाई सुन्दै थियौं, तर घुसपैठीयाहरुले संवैधानिक संस्थाहरुका कार्यालयमा तोडफोड र आगजनी गरेपछि राज्यको सम्पत्ति जोगाउन बाध्य भएर सरकार कारबाहीमा उत्रियो।” प्रधानमन्त्रीले प्रदर्शनका आयोजक स्वयंले प्रदर्शन सफल भएको भन्दै आह्वान फिर्ता गरिसकेपछि मात्र तोडफोड र आगजनी गर्ने गतिविधि भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले...
ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ–राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा बद्री रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
सामाजिक सञ्जाल बन्दको प्रभावस् पत्रकारिता र मिडियामा चुनौती र अवसर

सामाजिक सञ्जाल बन्दको प्रभावस् पत्रकारिता र मिडियामा चुनौती र अवसर

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा
रमेश कुमार बोहोरा,- सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्...
भट्ट प्यानलबाट सचिव र कोषाध्यक्षका उम्मेदवार चन्दद्धय निर्बिरोध

भट्ट प्यानलबाट सचिव र कोषाध्यक्षका उम्मेदवार चन्दद्धय निर्बिरोध

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको सचिव र कोषाध्यक्ष पदका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन । सचिवका उम्मेदवार वृजकिशोर चन्द र कोषाध्यक्षका उम्मेदवार तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका हुन । चन्दद्धय निरञ्जन प्रशाद भट्ट प्यानलबाट उम्मेदवार थिए । पुष्पराज अवस्थी प्यानलबाट सचिवका उम्मेदवार गोरेसिह ऐर र कोषाध्यक्षका उम्मेदवार दिल बहादुर सिहले उम्मेदबारी फिर्ता लिएपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन ।...
सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्री केपी शर्माओलीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन्। आज नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् । ‘दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,’ उनले भने, ‘यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ।’ उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए । कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षित बनेको उनले बताए। ‘महाकाली नदीमा...
कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाँच जना पक्राउ

कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाँच जना पक्राउ

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले UP 14 BH 2073 भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला प...
बैतडामा टाका जात्रा हुदै

बैतडामा टाका जात्रा हुदै

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
सन्तेश धानुक, महेन्द्रनगर–कंचनपुरको बेदकोट नगरपालिका–४, बैतडामा यस वर्ष पनि भाद्र २१ गते टाका जात्रा भव्य रूपमा आयोजना हुने भएको छ । बैतडास्थित श्री महादेव निमुन पहरोल देवताको मन्दिर क्षेत्रमा हुने यो जात्राको तयारी तिव्ररुपमा भइरहेको छ । प्रत्येक वर्ष काठमाडौंमा हुने इन्द्र जात्राकै दिन बैतडामा पनि टाका जात्रा मनाउने परम्परा रहिआएको छ। विशेष गरी बैतडी जिल्लाको पुर्चौडी–४ बाट पुर्ख्यौली बसोबास गर्दै आएका समुदाय अहिले बेदकोट–४ बैतडामा समेत बसोबास गरिरहेका छन् । उनीहरूले आफ्नै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यहाँ पनि सोही दिन धुमधामका साथ टाका जात्रा मनाउने गरेका छन् । पुर्चौडीमै जस्तै बैतडामा पनि यस दिन श्री महादेव निमुन पहरोल देवताको मन्दिरमा पूजा–आराधना, तथा सामूहिक कार्यक्रम गरिन्छ । जात्रामा धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिन्छ। स्थानीय कलाकार तथ...
विधान संशोधन केवल कागजको अभ्यास होइन, राजनीतिक इमानदारीको परीक्षण हाेस

विधान संशोधन केवल कागजको अभ्यास होइन, राजनीतिक इमानदारीको परीक्षण हाेस

samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा
-प्रेमचन्द्र झा नेकपा (एमाले) ले आफ्नो विधान संशोधनको तयारी गरिरहेको छ, जसले पार्टीको मूल विचारधारादेखि सदस्यता संरचनासम्मका विषयमा गहिरो परिवर्तन ल्याउने संकेत दिएको छ। मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको केन्द्रीय सिद्धान्तको रूपमा स्वीकार्दै आएको एमालेले अब यी विचारधाराहरूलाई नमान्ने व्यक्तिहरूलाई समेत पार्टीको सदस्यता दिन सक्ने गरी विधान परिवर्तन गर्न लागेको छ। यसले पार्टीभित्र एक गम्भीर बहस र आलोचना जन्माएको छ, जसको प्रभाव संगठन, कार्यकर्ता मनोबल र आम जनताको विश्वासमा पर्ने देखिन्छ। विगतमा एमालेले पार्टी सदस्यता दिनुअघि राजनीतिक दृष्टिकोण र सिद्धान्तको परीक्षण गर्थ्यो। खासगरी जबज स्वीकार्नेलाई मात्र संगठनमा समावेश गरिन्थ्यो। तर अहिले उक्त प्रावधान हटाउँदै विचारधारात्मक प्रतिबद्धता नभएका व्यक्तिलाई पनि सदस्यता दिने निर्णय हुँदैछ। यस्ता निर्णयहरू ‘व्यापकत...
एमालेको विधान महाधिवेशनको तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

एमालेको विधान महाधिवेशनको तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशनको तयारी पूरा भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा एमालेले पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यही शुक्रबार(भदौ २० देखि) गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदैछ । विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ । १०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज