Advertisement

Author: नयाँ खबर

जेनजी प्रतिनिधिलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

जेनजी प्रतिनिधिलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा जेनजिले उठाएका माग हरु समाधान गर्न जेनजी प्रतिनिधिहरुलाई बर्तामा आउन आह्वान गरेका छन् । मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गर्दै राष्ट्रपति पौडेलले प्रेस नोटमा भनेका छन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’ उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै संयमित हुन आह्वान गरेका छन् ।...
जेनजी आन्दोलन : सेनाद्धारा संयमता र राष्ट्रिय एकता कायम राख्न अपिल

जेनजी आन्दोलन : सेनाद्धारा संयमता र राष्ट्रिय एकता कायम राख्न अपिल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ –नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन अपिल गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार ५ बजे जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको गरीनुका साथै आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरीएको छ । साथै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । ''देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,'' सेनाको अपिलमा भनिएको छ, ''यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।'' नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको पनि जनाएको छ । त्यसैगरी सेनाले राष्ट्र र ...

प्रदर्शनकारीलाई बालेनको अपिल : हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन–जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेनजी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’...
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी – कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ –जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ ।
कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ – प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।...
राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएका छन । केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘‘हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७(१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले आफ्नो राजीनामामा भनेका छन् ।     प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति गरीसकेका छन् । भने सुरक्षा नियकायले पनि बार्ताकालागि आन्दोलनकारीलाई आह्वान गरीसकेका छन् ।...
कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी

कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भ्रष्टाचारी नेताहरूमाथि कारवाहीको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिएका जेनजी पुस्ताले कञ्चनपुरमा समेत प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम महेन्द्रनगरसहित पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न बजारहरू, लालपुर, दैजी, झलारीमा स्थानीय युवाले प्रदर्शन गरेका छन् । महेन्द्रनगरस्थित सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा समेत आगजनी गरिएको छ । महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीले संयमता अपनाएका छन् । महेन्द्रनगर बजारका मुख्य चोकहरू भानुचोक, मदन चोक, दशरथचोकमा आन्दोलन भइरहेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदर्शनकारीमाथि गोली प्रहार गरेर मृत्यु भएको घटनाको शोकमा बजार बन्दको घोषणा गरेको छ ।...
कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चपनुर जिल्लामा पनि निषेधाज्ञा जारी गरीएको छ । जिल्लाको महेन्द्रनगर बजार क्षेत्र र पालिका केन्द्रमा सार्वजनिक शान्ति तथा अमन चयन कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले निषेधाज्ञा जारी गरेका हुन् । जेन जेड को पक्षमा उत्रिएको प्रदर्शनकारीहरुले तोडफोड, आगजनी लगायतका क्रियाकलापलाई मध्यनजर गर्दै ११ बजेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी ढकालले निषेधाज्ञा जारी गरेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) र ६(३) बमोजिम कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिषरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँबायाँ ३ तिन किलोमिटर र बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्र भित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागु गरीएको छ । निषेधाज्ञा गरीएको क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला,...
जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपा नेता हमाल पक्राउ

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपा नेता हमाल पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं–जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय सदस्य रविकिरण हमाल पक्राउ परेका छन्। सोमबार जेनजीको आन्दोलनमा सहभागी भएर बूढानीलकण्ठ पुगेका हमाललाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। हमाल राजावादीहरुको आन्दोलनमा समेत सहभागी हुँदै आएका राप्रपाका युवा नेता हुन्। जेन–जी पुस्ताको आन्दोलनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री ओलीलाई सरेन्डर (आत्मसमर्पण) गर्न आग्रह गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज