महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी
महेन्द्रनगर– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भयो । जसको कारण देशको राजधानी काठमाण्डौ लगायत विभिन्न शहरहरु रणभूमिमा परिणत भए । त्यहि क्रममा कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ र महङगो गाडी तोडफोड र आगजनी भएको छ ।
सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेको कुरा पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’
२३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालि...




















