दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी
पप्पु गुरुङ्ग, दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघ खोज्न दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ को उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च अभियान थालेको छ् । गत बिहिबार दोधारा चाँदनी नगरपालिका– २ मा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । हीरा शाहीको ज्यान लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोही स्थानकै खेतवारीमा अर्को बाघ देखे परेको खबर पाएसंगै स्थानियहरुमा त्रास छाएको हो । यस्तै वडा नं. ३ मा रातीको समयमा बाघले ३ किसानको बाख्रा माथी आक्रमण गरेर खाएरपछि बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेको हो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समन्वय गरि बाघ खोज्न सर्च अभियान संचालन गरेका छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टो...




















