दोधारा । बाघको आक्रमणबाट कञ्चनपुर दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको छ् । बिहीबार बिहान १० बजे तिर बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका– २, कमला शाही टोलकी अन्दाजी २३ बर्षिया हिरा शाहीको मृत्यु भएको हो । बिहानै धान गोड्ने क्रममा धान खेतको उखुवारीवारीबाट आएको बाघको आक्रमणबाट हिरा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बाघको आक्रमणबाट धान गोड्न गएकी महिलाको मृत्यु भएको बताउनुभएको छ् । बाघको आक्रमणबाट भएको घट्ना अत्यन्तै दुखद भएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाघ भएको उखुवारी घेराबन्दी गरेर राखेको उहाँले भनाई रहेको छ् । ठुलो क्षेत्रमा रहेको उखुवारीमा ‘सर्च अप्रेशन’ संचालन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तयारी गरेको सुरक्षा श्रोतले जनाएको छ् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट हात्ती समेत ल्याउने तयारीमा रहेको बताईएको छ् । समाचार तयारपारुञ्जेल अहिले पनि बाघ उखुबारीमै लुकेको छ् । स्थानीयले बाघ नियन्त्रण गरेर चिडियाखानामा राख्न माँग अघि सारेका छन् । दुई दिन अघि मात्रै बाघको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका ५ खजुवाकी ३० बर्षिया महिला मानमती साँउद घाईते भएको दोस्रो दिन बाघले दोधारा चाँदनीमा आक्रमण गरेको छ् । तीन बर्षमा कञ्चनपुरमा बाघको आक्रमणबाट तीन महिलाले ज्यान गुमाएका छन ।
गत बर्ष ८ बैशाख ०८० मा उखुबारीमै घाँस काट्ने क्रममा बेलौरी नगरपालिका ८ पचुईकी ४० बर्षिया गंगा चन्दको मृत्यु भएको थियो । त्यसको अधिल्लो बर्ष १० चैत्र ०७९ मा पुनर्वास नगरपालिका १० विकास बस्तीकी ३५ बर्षिया कमला सार्कीको घाँस काट्ने क्रममा मृत्यु भएको हो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।