Advertisement

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट धनगढी उपमहानगरपालिका ३ बस्ने ४२ बर्षिय बाबुराम रानालाई त्रिभ्ुवन विश्वविद्यालयको होलोग्रामसहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले चेकजाँच गर्दा निजको साथबाट ४५ हजार थान होलोग्राम सहित उनलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले कार्यालयका प्रबक्ता एवं प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
प्रबक्ता प्रहरी उपरिक्षक मिश्रका अनुसार विश्वविद्यायको होलोग्राम अनाधिकृत व्यक्तिले बोकेको पाईएकाले नक्कली सर्टिफिकेट बनाउने कार्यका उनीहरुको संलग्नता हुनसक्ने विषयमा पनि अनुसन्धान भइृरहेको छ । ‘विश्वविद्यालयको होलोग्राम अनाधिकृत व्यक्तिले बोकका कारण उनीहरु नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रहेको विषयमा पनि अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘नक्कली सर्टिफिकट बनाउनकै लागि होलोग्राम लगिराखेको हो तर कहाँ कसरी कस कसको संलग्नता छ थप अनुसन्धानबाट खुल्दै जानेछ ।’
प्रहरी स्रोतका अनुसार Tribhuwan university Kathmandu त्रिभुवन बिश्वबिद्यालय काठमाण्डौँ, नेपाल संगठित बि.स.२०१२, स्थापित वि.स.२०१६ लेखेको त्रिभुवन बिश्व बिद्यालयको ४५,००० (पैचालिस हजार) थान होलोग्राम बरामद गरीएका छन् ।
रानालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज