Advertisement

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर – एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक रकम उल्लेख गरिएको भेटिएको छ ।
बैंकले विकलाई २०७५ कार्तिक २० गते उपलब्ध गराएको कर्जा सुविधा प्रस्ताव पत्रमा आवाश कर्जा वापत २९ लाख ५० हजार दिएको उल्लेख गरिएको छ । भने बैंकले विकलाई कर्जा सुविधा प्रस्ताव पेश गरेको दिन मालपोत भूमि सुधार कार्यालयमा बिक की श्रीमती ज्ञानु विकको नाममा रहेको जग्गा धितोको रुपमा दृष्टि बन्धक लिखत मा विकले ३७ लाख रकम ऋण लिएको बनाएको भेटिएको हो ।
उक्त कर्जा प्रस्ताव बिकलाई एनएमबी बैंकको तत्कालिन कञ्चन डेभलपमेन्ट बैंकको झलारी शाखाले दिएको थियो ।
बंैंकले बिकलाई कर्जा सुविधा प्रस्ताव गरेको दिन मालपोत भूमि सुधार कार्यालयमा बिककी श्रीमति ज्ञानु विश्वकर्माको नाममा रहको जग्गा धितो रुपमा दृष्टि बन्धक लिखत गरी रोक्का गराएको थियो ।
बिकलाई बैंकले दिएको ऋण सुविधा पत्र र मालपोत कार्यालयमा रोक्का गर्दा पेश गरिएको कागजमा उल्लेख गरिएको रकमले एनएमबी बैंकको नियत खराब रहेको छ भन्ने स्पष्ट देखिन्छ ।
बैंकले विकले लिएको ३७ लाख ऋणको सावा र ब्याज नतिरेको भन्दै उनको घर लिलाम गरेको छ । तर २०८० असार सम्म विकले किस्ता हालेको बैंक स्टेटमेन्टले स्पस्ट देखिन्छ ।
आफूले पैसा तिर्दा तिर्दै पनि बैंकले आफ्नो घर लिलाम गरेको विकको आरोप छ ।  लिलामपछि बिकले बैक कार्यालयमा गएर कागजात मागेका थिए । बैंकले सबै कागजात केन्द्रीय कार्यालयमा पठाइ सकेको भन्दै सुरुमा दिन आनाकानी गरेका थिए ।
बैंकले कागजात नदिएपछि कानुृनी परामर्श थालेपछि बैकले उनलाई सबै कागज दिएको थियो । ती कागजात हेर्दा उनले दृष्टिबन्धक लिखतमा आफूले लिँदै नलिएको ऋण रकम उल्लेख गरेको भेटाएको जानकारी दिए । बैंकले आफूले कारोबार नगरेको शाखाबाट लिलाम शाखाबाट नलिएको ऋण देखाएर लिलाम सूचना सार्वजनिक गरेपछि उनी कागजात माग्न बैंक कार्यालय पुगेका थिए ।
बिकले झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २०७५ कार्तिक २० गते बैंकबाट २९ लाख ५० हजार घर कर्जा ऋण लिएका थिए ।
बैंकले आफूले झलारी शाखाबाट लिएको २९ लाख ५० हजार ऋणलाई ३७ लाख ५० हजार लिएको भनेर भनेर घर लिलाम गरेको विकले बताए ।
‘ ६१६ नम्बरको कित्ता धितो राखेर ऋण लिएको थिए, त्यसको किस्ता र ब्याज गरी मासिक ३७ हजार ५ सय थियो, मैले त्यो रकम पनि २०८० असारसम्म तिरेको छु, २०८० असोज २९ गते बैंकका कर्मचारी मेरो पसलमा आएपछि २ लाख हालेर आए, त्यसपछि फेरि ११ हजार पुगेन भनेर भन्यो, त्यो पनि दिए’ विकले भने,‘त्यो रकम कुन खातामा हाल्यो, के भयो थाह भएन, त्यसको ६ महिनापछि त लिलामी प्रक्रिया नै सुरु गरि हाल्यो ।’

लिलाम प्रक्रिया सुरु भएपछि बैंकको झलारी शाखामा २ लाख नगद र एक लाखको चेक लिएर जाँदा बैंकले नबुझेर धनगढी प्रदेश कार्यालय पठाएको विकले बताए ।
बैंकको तत्कालिन प्रदेश कार्यालयका कर्मचारी गणेश जोशीले पूरा रकम चुक्ता गर्न भनेको र ६ महिनाका लागि समय दिन आग्रह गरेपछि उनले झलारीका केही व्यापारीसित कुरा गर्न लगाएका थिए । बिकले आफ्नो ऋणका लागि अरुसित कुरा नगर्ने अडान लिएपछि जोशीले नै अर्को व्यक्तिसित कुरा गर्न लगाएको उनी बताउँछन् ।
जोशीले कुरा गर्न लगाएको ती अर्को व्यक्तिको नाम विकलाई थाह छैन । विक र ती व्यक्तिको फोनमा भनाभन भएपछि जोशीले मोबाइल खोसेका थिए । विकका अनुसार जोशीले फोन गर्न लगाएका ती व्यक्तिले ऋण तिर्ने तेरो हैसियत छैन भनेपछि भनाभन भएको थियो ।
बैंक कर्मचारीले जोशीले त्यहीं बेला उनलाई आफू मुद्दा हाल्नु भनेर चेतावनी दिएको उनी बताउँछन् । पछि बैंकले विकले फोनमा कुरा गर्न अस्वीकार गरेका झलारीका ती व्यवसायीको परिवारका नाममा धितो लिलाम सकार गरेको थियो ।
बिक परिवारले एक साताभित्र बैंंक सबै ऋण चुक्ता गर्छौ भनेपछि बैंकले ३५ दिने सूचना सार्वजनिक गरी बिकको डेढकरोड मूल्यको घर ३७ लाखमा लिलाम गरिएको थियो ।
बैंकमा ऋण चुक्ता गर्न जाँदा झलारी शाखामा खाता बन्द भइ सकेको भन्दै पैसा लिन अस्वीकार गरेको उनी बताउँछन् ।बैंकले लिलाम प्रक्रिया अघि बढाएपछि विकले बैंकबाट कागजात ल्याएर हेर्दा त्यसमा बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण लिएको उल्लेख भएको खुलेको थियो ।
‘ऋण तिर्छु भन्दाभन्दै पनि जबरजस्ती लिलाम गरेपछि न्याय खोज्दै जाँदा बैंकमा पुगे, बैंकले कागजात दिन मानेन, सबै कागजात केन्द्रीय कार्यालय पठाई सक्यो भन्यो, महेन्द्रनगर शाखाको नाममा ३७ लाखको ऋण भनेपछि शंका लागि सकेको थियो, त्यसपछि वकिल साप कहाँ गयौ, वकिल सापले भनेपछि ती कागजात दिए, त्यसमा हेर्दा त म खसेजस्तै भए’ उनले भने ।
‘म बंंैकको ऋणी हुँ, मेरो ऋणका लागि किन अरुसित कुरा गर्न लगाएको हो, यो कुराले मलाई निकै तनाव छ’ उनले भने,‘यसको अर्थ बैंकले मेरो घर लिलाम गर्न पहिला नै मान्छे खोजेर राखेको छ, त्यो मौका हेरी बसि रहेको रहेछ, मैले तिर्छु भनेर लगेको पैसा पनि राखि दिएन ।’
बैंकको झलारीस्थित शाखाका ऋण शाखा कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरुले केही नभएको जानकारी दिए ।
बैंकको महेन्द्रनगरस्थित कार्यालयका सुशिल बहादुर सिहले बैंकिङ्ग प्रक्रिया अनुसार बिकको घितो लिलाम गरिएको बताए ।
बिक परिवार बैंकले आफूमाथि अन्याय गरिएको भन्दै न्यायको खोजीमा छन् । विकलाई साथ दिँदै केही दिन अघि जेनजी संघर्ष समितिले बैंकको झलारी शाखामा तालाबन्दी गरेको थियो । तर उक्त विषयमा सीडीओ सहित बैंक र पीडित पक्ष बसेर ऋण चुक्ता गर्ने र घर फिर्ता गर्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज