एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै
महेन्द्रनगर - एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल्ला अध्यक्ष लक्ष्मी बुढाको संयोकत्वमा हजारौ युवा परिचालन गर्ने उदेश्यका साथ मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।
मूल निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटी सदस्य, सल्लाहकार कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटी, पालिका कमिटी सदस्य, वडा कमिटी पदाधिकारी तथा जनवर्गीय संगठनका जिल्ला स्तरीय सदस्यहरू समेटिएका छन् ।
त्यसैगरी बैठकले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको नेतृत्वमा अनुगमन तथा निर्देशन कमिटी बनाएको छ । पाल प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक साँसद छन् ।
उम्मेदवारी दर्तापछि बिहीबार पार्टी कार्यालयमा तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवार सहित बसेको सचिवालय बैठकले सबै क्षेत्रमा निर्वाचन परिचालन कमिटी बनाएर जाने लगायतका निर्णय गरिएको एमाले कञ्चनपुरका उपाध्...












