महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । मेलाको प्रवेशद्धार भित्र पस्नेवित्तिकै पहिलो स्टलमा एक जना हसिलो अनुहारका अधबैसे उमेरका देखिने युवा अर्गानिक अचारहरु … आमको अचार, लप्सीको अचार, सन्तुलाको अचार भन्दै उपभोक्ताहरुलाई आफुतिर आकर्षण गरीएको दृष्य देख्न सकिन्छ । उनको बोली मिठो भएपनि उनले विक्रिका लागि राखेका विभिन्न १५ प्रकारका फरकफरक परीमाण तोकिएका अचारहरु भने अमिलो(खट्टो–खट्टो) अर्थात मुखै रसाउने स्वादका छन् ।

बैतडीका गाँउघरमा उत्पादन गरीएका कृषिजन्य खाद्य पदार्थ र घरेलु सामाग्रि मेलामा विक्रि गर्न दोगडाकेदार गाउपालिका ७ बैतडी बाट आएका टेक बहादुर कार्की दैनिक ५० हजारभन्दा माथिको कारोवार गरीरहेका छन् । आप, अमल, लप्सी, कागती, गाजर, मुला, मौसमी, डल्ले खुर्सानी, बयर, किवि लगायत गरी १५ प्रकार अचार उनले विक्रि गरीरहेका छन् ।
मेलामा अरु समयको भन्दा ४/५ गुणा बढि कारोवार हुने गरेकाले जहाँजहाँ मेला महोत्सव लाग्ने गर्छ त्यहात्यहा पुग्ने गरेको उनी बताउछन् । ‘मेला महोत्सवमा बिक्रीको परिमाणमा परिवर्तन हुन्छ, अरु बेलाको भन्दा ४/५ गुणाबढि कारोवार हुन्छ,’ उनले भने ‘जहाँ जहाँ मेलामहोत्सव लाग्छन सकेसम्म पुग्छु ।’

कार्की आफ्नो फर्मले उत्पादन गरेका सामाग्रि मात्रै विक्रि नगरी अन्य किसानको पनि खरिद गरी ल्याउने गरेको सुनाउछन् । ‘म मेरो फर्ममा मात्रै नभई अन्य गाउले साथीभाई पनि विक्रि गरीदिनुभन्छनु उनीहरुले उत्पादन गरेका गुणस्तरीय बस्तु पनि विक्रि गर्छु , नाई भन्न सकिदैन्,’ उनले भने ।

उक्त स्टलमा पहाडी गुण, जैविक महँ, सिस्नोको धुलो, पहाडमा उत्पादन गरीएका विभिन्न प्रकारका दाल तथा गेडागुडी सुफत मूल्यमा पाईने कार्कीले बताए । कार्कीलाई उनका छोराछोरीले व्यपारमा सघाउदै आएका छन् । महोत्सवको उद्धघाटनकै दिन पुष २९ गतेका दिनदेखि राखेको उनको ष्टलमा घरायसी प्रयोजनका लागि बेतबासबाट बनेका सामाग्रिहरु सुप्पा, छाप्रा, कुर्सी, मदानी लगायत पनि सुफत मूःल्यमा पाईने गरेको टेक बहादुर कार्कीले बताए ।

८ बर्ष अगाडि अचार बनाउने तालिम लिएर २० हजार लगानी गरी लघु उद्यमबाट सूरु गरीएको उद्यमशिलतालाई विस्तारै सुदर्शन कृषि तथा लघु उद्यममार्फत बजारीकरण गरीएसंगै उनले अमेरीका, जापान लगायतका देशहरुमा मासिक २० केजिभन्दाबढि अचार पठाउने गरेका छन् । अमेरीका जापानलगायतका देशमा बस्ने नेपालीहरुले नै उनले उत्पादन गरेका अचार उपभोग गर्दै आएका छन् ।
सुरुमा अचार बनाउने १५ दिने तालिम लिएका उनी अहिले अरुलाई अचार बनाउन र मौरी पालनसम्बन्धी तालिम दिने गरेका छन् । ‘पहिले घरको काम गर्ने गरेको हो, ८ बर्ष अगाडि पालिकाले अचार बनाउने तालिम दिएको थियो, पछि विस्तारै मैले अचार बनाउने लघु उद्यम नै सूरु गरे,’ उनले भने, ‘अहिले त म आफै अरुलाई समेत तालिम दिने गरेको छु ।’
एक बर्षदेखि धनगढीमा शाखा खोलेर पहाडमा उत्पादन गरीएका कृषि उपजहरु बजारीकरण तथा विक्रिवितरण गरीरहेको उनले बताए । ‘एक बर्ष भयो धनगढी शाखा आधिकारीकरुपमा खोलेको तर कारोबार त ३ वर्षदेखि गर्दै आएको थियौ।’

कार्कीले उक्त व्यवसायबाट नै घरखर्चदेखि घरघडेरीसम्म जोडेका बताए । उक्त व्यवसायबाटै छोराछोरीको पढाई खर्च जुटाएका छन् । ‘मैले धनगढीमा एक कट्टा जमिन र अढाई तले घर पनि यही व्यवसायमा लागेर बनाएको हुँ,’ उनले भने, मेरा चार छोरा छोरी छन् उनीहरुको पनि पढाई खर्च पनि यहीबाट गर्छु । व्यवसाय मलाई ठिकै भएको छ ।’ उनका एक छोरा र ३ छोरीसहित ६ जनाको घरपरिवार रहेको छ । उनकी जेठी जापानमा कृषि विषय अध्ययन गरीरहेकी छन् ।
अचार व्यवसायमा जमेका उनी विदेश जानुभन्दा नेपालमै व्यवसाय गर्नु ठिक लागेको बताउछन् । ‘विदेशमा जानु भन्दा यही व्यवसाय ठीक छ, यसले नै घर घरेडी बनाएको छु,’ उनले अगाडि भने, ‘सायद यो व्यवसाय नगरेको भए पहाडका बनपाखामा र गाउघरमा बरालिदै बसेको हुन्थ्ये ।’
उनले विक्रि गर्ने सिस्नो धुलो पहाडमा कुहेर खेर जाने सिस्नुबाट उत्पादन गरीएको हो । उक्त सिस्नो पिठोलाई मसलाको रुपमा तरकारीमा मिलाएरमा खाएमा स्वास्थ्यका लागि लाभदायिक हुने उनी बताउछन् ।
स्टार्टअफ कर्जा नपाएको गुनासो गर्ने कार्की आफुले उक्त कर्जा पाएमा २÷४ जना युवाहरुलाई रोजगारी दिने, व्यवसायलाई अन्तराष्टिय करण गर्ने योजना रहेको बताउछन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।