Advertisement

निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति सह कोषाध्यक्ष महरा पदमुक्त, निर्माणको पुरै कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालतमा रिट निवेदन

Advertisement

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासमा रिट निवेदन परेको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमिति आएपछि ३ बैठकमा सहभागि भएका सह कोषाध्यक्ष हेम महरालाई अबैधरुपमा सहकोषाध्यक्ष बनेको भन्दै कार्यसमितिले नै निर्णय गरी पदमुक्तको पत्र बुझाएपछि उनी कार्यसमितिको बैधानिकतालाई लिएर उच्च अदालत पुगेका हुन् । पुष २९ गते उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासमा परेको रिटमा निर्माण व्यवसायी संघ कञ्चनपुरको भाद्र २१ गते सम्पन्न १५औ अधिबेसनमार्फत निर्वाचित पदाधिकारी र सदस्यहरुको बैधानिकताबारे प्रश्न उठाईएको छ । उक्त निर्वाचनमा १७ जना अबैध भोटरहरुले मतदान गरेको प्रमाण समेत पेश गरीएको छ । माघ २ गते पहिलो पेशीको सुनवाईमा उच्च अदालतले दुवै पक्षलाई सक्कल कागजपत्रसहित उपस्थितका लागि माघ ९ गते पेशी तोकेको छ ।
सहकोषाध्यक्ष हेम महराले आफुमाथि अन्याय भएको भन्दै आफु प्रमाणसहित उच्च अदालत गएको बताए । उनले आफुलाई निर्माणको सदस्य नरहेको भन्दै निर्वाचित भईसकेको अवस्थामा कार्यसमितिले एकाएक पदमुक्त गरेको बताए । ‘भदौ २१ गते सम्पन्न भएको संघको अधिबेसनबाट सम्पूण प्रक्रिया पुरा गरी सह कोषाध्यक्ष पदमा निर्वाचित भएको हु, अहिले आएर एक्कासी मलाई मदमुक्तको पत्र दिएपछि मलाई अन्याय भएको आभास भएकोले सम्मानित अदालतमा रिटनिवेदन दिएको छु,’ उनले भने ‘एक्कासी आएर ममाथि चुनावको प्रतिशोध साध्ने उदेश्यले पदमुक्त गरेको महशुस भएको छ, यदि अवैधानिक नै हो भने निर्वाचन समितिले मलाई निर्वाचनमा किन सहभागिता गरायो ? होईन भने मलाई पदमुक्त गर्ने कानुनी आधार के हो ? भनेर अदालत पुगेको हु ।’
सहकोषाध्यक्ष हेम महराको नगरपालिकाबाट संस्था नविकरण नगरेको भन्दै निर्माण व्यवसायीसंघमा निबेदन आएपछि अनुसन्धानपछि स्पष्टिकरण मागेको र महराबाट चित्तबुझ्दो जवाफ नआएकाले पदमुक्त गरीएको निर्माण व्यवसायी संघलाई उद्धृढ गर्दै संघका कानुनी सल्लाहकार एवं अधिबक्ता पदमराज भट्टले बताए । ‘सहकोषाध्यक्ष हेम महराको फर्म नगरपालिकाबाट नविकरण नभएको र पनि सहकोषाध्यक्ष पदमा उमेदवारी दिए, निर्वाचन प्रक्रियामा कुनैपनि प्रकारको दाविविरोध नपरेको र अन्त्यमा पदमुक्त गरीएको कुरा संघबाट जानकारी पाएकोहु,’ कानुनी सल्लाहकार भट्टले भने, ‘कोषाध्यक्षकै अर्का उमेदवारले उक्त कुरा जानकारी पाएपछि संघमा वरखास्तका लागि निवेदन परेको र संघले अध्ययन तथा विभिन्न परामर्शगरी महरा जिलाई स्पष्टिकरण सोधेर मात्रै चित्त नबुझेर पदमुक्त गर्ने निर्णय गरेको हो ।’
भदौ २१ गते सम्पन्न भएको १५औ जिल्ला अधिबेशनबाट पुष्पराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिमिति निर्वाचित भएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देब बहादुर चन्द, उपाध्यक्षमा यज्ञाज बैज, महासचिवमा देविदत्त भट्टm सचिवमा यज्ञराज बैज, महासचिवमा देबीदत्त भट्ट र सचिवमा बृज कशोर चन्द निर्वाचित भएका थिए । भने सदस्यमा गणेश सुवेदी, महेश जोशी, दिपक कार्की, नविन चन्द, सन्तोष खत्री, मनिराज रेग्मी, चन्द्रसिंह काकी र डम्बर दत्त पन्त निर्वाचित भएका थिए । जिल्ला अधिबेशनबाट हेम महरा १३५ मत लिएर सहकोषाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

महेन्द्रनगर - एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल...
कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

हेमा भट्ट, धनगढी, माघ ७ – नेपाल तेक्वान्दो संघले कैलाली जिल्ला तेक्वान्दो संघलाई औपचारिक तदर्थ समितिको रूपमा राष्ट्रिय स्तरमा मान्...
पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

हेमा भट्ट, धनगढी - पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका ला...
बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु ...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज