Advertisement

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

Advertisement

हेमा भट्ट, धनगढी – पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दिएका हुन्।
प्रतिनिधिसभाका पछिल्ला तीनवटै निर्वाचनमा डोटी जिल्लाबाट लगातार निर्वाचित हुँदै ‘ह्याट्रिक’ जित हासिल गरेका आले यसपटक पार्टीको रणनीतिअनुसार कैलालीबाट मैदानमा उत्रिएका हुन्। नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ।
सुदूरपश्चिम प्रदेशको पहिचान र अधिकारका सवालमा लामो समयदेखि सक्रिय आले संघीय संरचनामा मुलुक प्रवेश गर्ने क्रममा धनगढीमा भएको ऐतिहासिक अखण्ड सुदूरपश्चिम आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्। उनले सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। धनगढीमै स्थायी बसोबास रहेकाले कैलालीसँग उनको सम्बन्ध पनि दीर्घकालीन रहेको छ।
कैलाली–५ मा उम्मेदवारी दिएपछि आलेले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरण तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन्। उनका प्रमुख एजेन्डामा सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट खेलमैदानको विकास, धनगढी विमानस्थलको विस्तार, गेटा मेडिकल कलेजको प्रभावकारी सञ्चालन, तराई–पहाड–हिमाल जोड्ने सडक सञ्जाल, चीन सीमा जोड्ने रणनीतिक सडक तथा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार रहेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै आलेले विकासलाई पहिलो प्राथमिकता दिँदै भने, “म संसद बन्न होइन, विकास गर्ने स्पष्ट योजनाका साथ अघि बढेको हुँ। यदि जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ भने संसद पदबाट समेत राजीनामा दिन तयार छु।”
राजनीतिक विश्लेषकहरूका अनुसार अनुभवी र जनपरिचित नेताको रूपमा आलेको उम्मेदवारीले कैलाली–५ को चुनावी प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ। स्थानीय तहका पार्टी नेता तथा कार्यकर्ताहरूले समेत उनको उम्मेदवारीले संगठनलाई मजबुत बनाएको प्रतिक्रिया दिएका छन्।
सुदूरपश्चिमको विकास र अधिकारका मुद्दालाई निरन्तर उठाउँदै आएका आलेको यसपटकको चुनावी यात्रालाई क्षेत्रीय राजनीतिक सन्तुलन तथा आगामी प्रतिनिधिसभा गठनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

महेन्द्रनगर - एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल...
कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

हेमा भट्ट, धनगढी, माघ ७ – नेपाल तेक्वान्दो संघले कैलाली जिल्ला तेक्वान्दो संघलाई औपचारिक तदर्थ समितिको रूपमा राष्ट्रिय स्तरमा मान्...
पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

हेमा भट्ट, धनगढी - पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका ला...
बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु ...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज