Advertisement

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

Advertisement

महेन्द्रनगर – एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल्ला अध्यक्ष लक्ष्मी बुढाको संयोकत्वमा हजारौ युवा परिचालन गर्ने उदेश्यका साथ मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।
मूल निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटी सदस्य, सल्लाहकार कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटी, पालिका कमिटी सदस्य, वडा कमिटी पदाधिकारी तथा जनवर्गीय संगठनका जिल्ला स्तरीय सदस्यहरू समेटिएका छन् ।

त्यसैगरी बैठकले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको नेतृत्वमा अनुगमन तथा निर्देशन कमिटी बनाएको छ । पाल प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक साँसद छन् ।
उम्मेदवारी दर्तापछि बिहीबार पार्टी कार्यालयमा तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवार सहित बसेको सचिवालय बैठकले सबै क्षेत्रमा निर्वाचन परिचालन कमिटी बनाएर जाने लगायतका निर्णय गरिएको एमाले कञ्चनपुरका उपाध्यक्ष एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
सचिवालय बैठकले क्षेत्रीय निर्वाचन तथा परिचालन कमिटी पनि गठन गरेको छ । जसअनुसार क्षेत्र नं. १ मा कमला बोहरा, क्षेत्र नं. २ मा कृपाराम राना र क्षेत्र नं. ३ मा ईश्वरीप्रसाद खरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै तीनवटै निर्वाचन क्षेत्रमा ५०१ सदस्यीय क्षेत्रीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । यस अन्तर्गत क्षेत्र नं. १ मा पल्लवराज भट्ट, क्षेत्र नं. २ मा अशोककुमार चन्द र क्षेत्र नं. ३ मा राजीव खड्कालाई संयोजक तोकिएको छ ।
सचिवालय सदस्य ओम बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय युवा–विद्यार्थी परिचालन कमिटी गठन गरिएको छ भने प्रदेश कमिटी सदस्य मोहन रावलको नेतृत्वमा ११ सदस्यीय आर्थिक संकलन कमिटी गठन गरिएको छ ।

जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख अवस्थीको संयोजकत्वमा ११ सदस्यीय मूल निर्वाचन प्रचार–प्रसार कमिटी पनि गठन गरिएको छ । साथै नौवटै पालिकामा संयोजनका लागि सचिवालयले छुट्टाछुट्टै जिम्मेवारी तोकेको छ । उपाध्यक्ष अवस्थीले तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू विजयउन्मुख रहेको दाबी गर्दै पार्टी पंक्ति एकढिक्का भएर निर्वाचनमा परिचालित हुने बताए । एमालेबाट कञ्चनपुर १ मा तारालामा तामाङ्ग, २ मा बचन बहादुर सिह र ३ मा डा. दिपक प्रकाश भट्ट उम्मेदवार छन् । उनीहरुमा तामाङ्ग निर्वतमान साँसद हुन् ।
२०७९ को निर्वाचनमा उनी काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विना मगरलाई पराजित गरी निर्वाचित भएका हुन् । एमालेले यस पटक तामाङ्ग सुरुमा टिकट नदिई पछि नेता र कार्यकर्ताको सुझावपछि निर्णय हेरेफर गरेको हो । एमाले केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिने निर्णय गरेको थियो । तामाङ्ग २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर सुदूरपश्चिम सरकारको आर्थिक मन्त्री भएका थिए । उनी एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।

 

कञ्चनपुर २ का उम्मेदवार सिह पहिलो पटक संघीय संसदका लागि चुनावी दौडमा छन् । उनी २०७९ मा प्रदेश सभा सदस्य चुनाव लडेका थिए । सिह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष हुन् ।
कञ्चनपुर ३ का उम्मेदवार भट्ट २०७४ मा चुनाव लडेर निर्वाचित भएका थिए । २०७९ मा उम्मेदवारका लागि सिफारिश भए पनि निरुदेबी पाललाई टिकट दिइएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

महेन्द्रनगर - एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल...
कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

हेमा भट्ट, धनगढी, माघ ७ – नेपाल तेक्वान्दो संघले कैलाली जिल्ला तेक्वान्दो संघलाई औपचारिक तदर्थ समितिको रूपमा राष्ट्रिय स्तरमा मान्...
पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

हेमा भट्ट, धनगढी - पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका ला...
बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु ...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज