कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक
महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी गतिविधि तिव्ररुपमा अगाडि बढेका छन् । आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा स्थापना गरीएका अधिकृतका कार्यालयहरुले निर्वाचन कार्यतालिका अनुसार कार्य सुरु गरेका हुन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई मुख्य निर्वाचन अधिकृतसहित क्षेत्र ३, जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १ को निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन क्षेत्र नं. २ झलारीस्थित निर्वाचन कार्यलयले फागुन ६ गते मनोनयन दर्ताका लागि माघ ५ गते सर्वदलिय छलफल...












