कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधिवेशनबाट व्यवसायी संघको अध्यक्षमा पुनः गहतराज सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुव निरौला, उपाध्यक्षमा डम्बर गहतराज, मनोज सुनार, महा सचिवमा अशोक कुमार ठाकुर, सचिवमा अन्जु सुनार, कोषाध्यक्षमा सुमित लामिछाने सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरी सदस्यहरूमा राजेन्द्र पौडेल, रोशन सोब, प्रकाश बिक, चाँदनी ठाकुर, मुन्नी देवी शाह, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मान बहादुर सुनार र सुरेन्द्र सोब चयन भएका छन् ।
पुनः अध्यक्ष मा चयन भएका सुरत गहतराजले व्यवसायीको हकहितमा अभियानै बनाएर शसक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...












