प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने
काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ ३ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोली ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ । शाहीका अनुसार दु...











