फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो
महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो ।
भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए ...











