
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा
महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको परिकारका लागि चर्चित रहेको ‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखाकोरुपमा महेन्द्रनगरको भाषिस्थीत महेन्द्र हाईवेईमा(चेतन होटलनजिक) आईतवारदेखि संञ्चालनमा आएको हो । दिनेश राना, भुवन मल्ल लगायतका युवाहरुको संयुक्त लगानीमा संञ्चालन गरीएको उक्त रेष्टुरेन्टमा लोकल कुखुराका विभिन्न स्वादका परिकार सहित माछाका परिकारसमेत लिन सकिनेछ ।
हपुज तडकाका संचालक दिनेश रानाले धनगढीमा दुई शाखासंगै महेन्द्रनगरमा समेत शाखा विस्तार गरेको बताए । उनले विभिन्न स्वादमा परिकार पाईनुका साथै माछाको परिकारपनि पाईने बताए । अर्का संचालक भुवन मल्लले महेन्द्रनगर क्षेत्रका ग्राहकको माग र आवश्यकताका आधारमा उक्त रेष्टुरेन्ट खोलिएको बताए । उनले लोकल कुखुराको विभिन्न परिकारको स्वाद लिनका लागि ‘हपुज तडक...