Advertisement

जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

Advertisement
काठमाडौँ – नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिन आह्वान गरेको छ।
संघका अध्यक्ष क्षितिज थेबेद्वारा आज जारी विशेष सर्कुलरमा युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको साथमा रही उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन गरिएको छ।
सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहतका कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ।
त्यस्तै, विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित प्राधिकरणले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि संघले सबै संरचनालाई निर्देशन दिएको छ।
देशभर निरन्तर भारी वर्षा भइरहेको र मौसम विज्ञान विभागले असोज २० गतेसम्म समेत भारी वर्षा हुने सम्भावना औंल्याएको सन्दर्भमा संघले सम्भावित जोखिम क्षेत्रका युवाहरूलगायत सर्वसाधारणलाई उच्च सावधानी अपनाउन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौर...
जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

काठमाडौँ - नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आ...
जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय क...
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको प...
नेपाली राजनीति र जनताको सवाल

नेपाली राजनीति र जनताको सवाल

- प्रेमचन्द्र झा  नेपाल जसले राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरिसकेको छ, त्यहाँ जनताको जीवनस्तर उकास्ने, भ्रष्टाचा...
ठगी मुद्धामा ऐश्वर्या पक्राउ

ठगी मुद्धामा ऐश्वर्या पक्राउ

महेन्द्रनगर–ठगीमुद्धाकी आरोपित ऐश्वर्या दाहाल ईन्टरपोलबाट रेड नोटिस भई युएईबाट पक्राउ परेकी छन् । धनुषा जनकपुरधाम उपमहानगरपालिका व...
सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

महेन्द्रनगर - सितोरियो कराते संघद्वारा पत्रकार ऐश्वर्या कुँवर सम्मानित भएकी छन् । महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरी...
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज