Advertisement

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

Advertisement
कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर, सरकारी सार्वजनिक सम्पत्तीमा तोडफोड, लुटपाट एव आगजनी गरेर ४६ करोड, ७१लाख, ५४ हजार ७६ रुपैया बराबरको क्षति भएको छ ।
२४ विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट गरेर १४करोड, २८लाख, ६४ हजार, १९ निजी निवासमा पनि आगजनी, तोडफोड, लुटपाट गरेर ११करोड, १५लाख, ५० हजार ५सय ५८रुपैया, काँग्रेस, एमाले, माओवादीका ५ पाटी कार्यालय ७०लाख, ३८ हजार, दुई क्यासिनो सहितका ६ व्यवसायिक केन्द्रमा १८करोड, ३८लाख, ५४ हजार, ७ प्रहरी कायर्उालय ६३ हजार ७सय, १९ सवारी साधन २करोड, १७लाख, १०हजार ५१८ र एक एनसेल सेन्टरमा ३लाख बराबरको क्षतिग्रस्थ भएको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले प्रहरीले प्रारम्भिक मुचुल्का संकलनका क्रममा सरकारी, निजी भौतिक सम्पतीमा यक्त क्षति भएको बताए । ‘यो भन्दा बढी पनि हुनसक्छ, ‘एसपी खत्रीले भने, ‘अहिले यति आएको छ ।’ आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखक सहित तत्तकालिन सत्ताधारी काँग्रेस, एमाले नेताका निजी घर पालिका सहितका सरकारी कार्यालयमा तोडफोड, आगजनी, लुटपाट गरेका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले चाडवार्डलाई लक्षित गरेर सीमानाका, बसपार्क सहितका भिडभाड हुने जिल्लाभरी सुरक्षा प्रबन्ध मिलाएको बताए । प्रवक्ता बोहराले चाडवार्ड सुरक्षा योजना अनुरुप खटिएको बताए । चालु आर्थिक बर्षकोे दुई महिनामा चोरी तस्करी नियन्त्रणमा समेत प्रहरीले उल्लेख्य काम गरेको जनाएको छ । साउन भदौँमा तस्करीमा संलग्न ३मानिस, २१ सवारी साधन नियन्त्रण गरेर १ करोड, २२ लाख, २हजार ३९१रुपैया बराबरका अवैध समान बरामद गरिएका छन । गैर कानुनी रुपमा सवारी संचालनदेखि मपासेबाट जरिवाना, ट्राफिक दुर्घटना सचेतना कार्यक्रम संचालन गरिएको प्रहरीले जनाएको छ ।प्रतिबन्धित अवैध चल्ला, कुखुरा, माछा समेत बरामद गरिएको छ। ७६ हजार ट्राफिक जरिवाना अशुलेको छ । फरार भएका कैदीबन्दी पक्राउदेखि सचेतनाका कार्यक्रम संचालन गरिएको छ । कञ्चनपुर प्रहरीले सयमित भएर तिहार मनाउन समेत अपिल गरेकोे छ । कार्यक्रममा कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले चार्डवाडका बेला सम्वेदनशिल भएर कामकाज गर्नुपर्नेदेखि आम नागरिकले समेत सचेत भएर तिहार मनाउनुपर्नेमा सुझाव दिएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौर...
जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

काठमाडौँ - नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आ...
जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय क...
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको प...
नेपाली राजनीति र जनताको सवाल

नेपाली राजनीति र जनताको सवाल

- प्रेमचन्द्र झा  नेपाल जसले राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरिसकेको छ, त्यहाँ जनताको जीवनस्तर उकास्ने, भ्रष्टाचा...
ठगी मुद्धामा ऐश्वर्या पक्राउ

ठगी मुद्धामा ऐश्वर्या पक्राउ

महेन्द्रनगर–ठगीमुद्धाकी आरोपित ऐश्वर्या दाहाल ईन्टरपोलबाट रेड नोटिस भई युएईबाट पक्राउ परेकी छन् । धनुषा जनकपुरधाम उपमहानगरपालिका व...
सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

महेन्द्रनगर - सितोरियो कराते संघद्वारा पत्रकार ऐश्वर्या कुँवर सम्मानित भएकी छन् । महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरी...
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज