Advertisement

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

Advertisement
महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत श्री सिद्धनाथ मान्दिर(माताकुटिया)मा असोज २१ गतेदेखि २८ गतेसम्म मन्दिर संरक्षण समितिको आयोजनामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव–२०८२ संचालन हुने भएको हो ।
आईतबार सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी धार्मिक महा महोत्सव २०८२ संञ्चालन बारे जानकारी दिए । उनले पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको असार देखि तयारी सुरु गरीएकोमा सात हजार घरधुरीमा घरदैलो गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मन्दिरको चौतर्फि विकासको उदेश्य राखेर महा महोत्सवको आयोजना गरीएको बताएका अध्यक्ष पुजाराले घेरवार लगायतका कार्य सुरु गरीएको बताए । महायज्ञको समापनको दिन मुल गेटको समुद्धघाटन गरीने समेत बताए । ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजेका छौँ, ‘उनले भने, ‘यसका लागि धार्मिक महोत्सव गर्न खोजेका हौँ ।’
मन्दिरमा स्तरिय संतसंग भवन निर्माण गरेर दर्शनार्थीहरुका लागि सुविधा बनाउने संकल्प रहेको बताए । पहिलो दिन स्थानीय सहित विद्यार्थीको उपस्थितिमा कलस यात्रा गरिनेछ ।
बिराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, श्रीमद् भागवत कथा प्रवचन, गौदान, रुद्री पाठ, तुलादान, भूमिदान, चौरासी पुजा, ग्रहशान्ति, लाख बत्ति प्रज्वलन, महालक्ष्मीको पुजा विवाह सहित राष्ट्रिय कलाबारबाट संगितमय भजनकृतन कार्यक्रम गरिने आयोजकले जनाएको छ । नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक(एआईजी) समेत रहेका समाजसेवी दिपेन्द्र विष्टको प्रमुख आथित्यमा उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धार्मिक महायज्ञ जस्ता कार्यक्रमबाट समाज सुधारोन्मुख कार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । गाँउमा महायज्ञ संचालन हुने भएपछि स्थानीय समेत उत्साहित भएका छन । २८ असोजसम्मै सचालन हुने महायज्ञमा हजारौँ दर्शनार्थीले अवलोकन गर्ने अपेक्षा गरीएको छ । आयोजकले महा महोत्सवमा सहभागि भई पुण्य कमाउन सर्वसाधारणमा अपिल गरेको छ ।
यज्ञको अर्को उदेश्य जनजनलाई भक्तिमार्गमा सिंचित गराई युवाहरुलाई सतमार्गमा लगाउनु रहेको संकल्पकर्ता ईश्वर शरण महाराजले बताए । संकल्पकर्ता ईश्वर शरण महाराजले यज्ञको माध्यमबाट समाजलाई एकताबद्ध बनाउनका साथै प्राकृतिक विपत्तिसंग प्रतिरोध क्षमता अभिबृद्धि गर्ने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौर...
जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

काठमाडौँ - नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आ...
जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय क...
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको प...
नेपाली राजनीति र जनताको सवाल

नेपाली राजनीति र जनताको सवाल

- प्रेमचन्द्र झा  नेपाल जसले राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरिसकेको छ, त्यहाँ जनताको जीवनस्तर उकास्ने, भ्रष्टाचा...
ठगी मुद्धामा ऐश्वर्या पक्राउ

ठगी मुद्धामा ऐश्वर्या पक्राउ

महेन्द्रनगर–ठगीमुद्धाकी आरोपित ऐश्वर्या दाहाल ईन्टरपोलबाट रेड नोटिस भई युएईबाट पक्राउ परेकी छन् । धनुषा जनकपुरधाम उपमहानगरपालिका व...
सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित

महेन्द्रनगर - सितोरियो कराते संघद्वारा पत्रकार ऐश्वर्या कुँवर सम्मानित भएकी छन् । महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरी...
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज