
सितोरियो कराँते संघद्वारा पत्रकार कुँवर सम्मानित
महेन्द्रनगर - सितोरियो कराते संघद्वारा पत्रकार ऐश्वर्या कुँवर सम्मानित भएकी छन् ।
महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराते प्रतियोगिताको उद्घाटन समारोहमा मङलबार पत्रकार कुँवरलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सितोरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले कुँवरलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
अछाम जिल्लाबाट २०५२ सालदेखि २०६० सालसम्म कराते खेलबाट ब्ल्याक बेल्ट प्राप्त गरी खेलकुद क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर र हाल कञ्चनपुर जिल्लामा पत्रकार महासंघको सदस्य रही खेल र समाज बिकाशको लागि अमूल्य योगदान पुर्याएको भन्दै पत्रकार एश्वर्या कुवरलाइ सम्मानित गरेको छ ।
विगत आठ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवर आभास डटकमकी सञ्चालिका, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी जिल्ला सदस्य तथा नेपाल प्रेस युनियन कञ्चनपुरकी नेतृ हुन्। उ...