एमाले नेता र पुर्व जनप्रतिनिधि बाढी पिडितको घरदैलोमा, सहयोग गर्ने प्रतिवद्दता
महेन्द्रनगर – भीमदत्त नगरपालिका–१८ की देवि सिलाल औजीको गत असार १६ गते रातीको आएको बाढीले घर भत्कायो । खरको टहराको अस्थीय घर बाढीले भत्काउदा उनी बिचल्लीमा परेकी छिन् । छिमेकीको साहार लिई बसिरहेकी उनको औजीको पुनस्स्थापना हुन सकेको छैन् । नेपालकै हालसम्मको उच्च वर्षा मापन भएको कञ्चनपुरमा हजारौँ नागरिक बाढी प्रभावित बनेका छन् । दुई सातासम्म पनि अधिकांश बाढी पिडितको पुनरस्थापना हुन सकेको छैन् । भीमदत्तनगरपालिका – १८ उराउ बस्तीका हितलाल उराउको घरमा बाढीले पुर्ण रुपमा क्षती पुगेको छ । बाढीले घर भत्काउनुका साथै दुई बंगुर, १० कुखुरा र भाडाकुडा बगाएको उनले बताए । उराउ बस्तीका अधिकांश कच्ची घरमा बसोबार गदैँ आएका स्थानीय विस्थापीत भएका छन् ।
स्थानीय फुलमाया उराउले बाढी पिडित लाई तत्काल राहत दिन र ढल निकाससहितको सडक निर्माण गरिनुपर्ने बताईन् । साथै उनले सरकारको बाढी पिडितको समस्यामा ध्यान नदिएकको गु...













