Advertisement

Author: नयाँ खबर

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार
महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रहेको वडा नं. ९ ले बिहिबार चार बर्षसम्म भए गरेका कार्यक्रम तथा विकाश निर्माणका कार्यहरुबारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । वडा अध्यक्ष गगन सिंह कार्कीको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत हरी सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य केशव जोशीले चार बर्षसम्म वडा कार्यालयले गरेका विकास निर्माणका कार्यहरु, सिफारिस, विभिन्न क्रियाकलापहरु, प्रत्येक आर्थिक बर्षको क्रमिकरुपमा प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा सौहार्दपूर्ण बाताबरणमा सहभागिहरुले जिज्ञासा तथा प्रश्न राखेका थिए । कार्यक्रममा सहभागिले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ वडा अध्यक्ष ग...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र लेख्दै सरकारको निर्णयअनुसार गठन भएको उक्त कार्यदलमा पार्टीका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक चरणमा सहभागी भए पनि कार्यदलको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिनुभएको हो। कार्यदलको सुरुदेखिकै कामकारबाही सन्देहास्पद रहेको, संविधान संशोधनका विषय स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको एमालेको निष्कर्ष छ। एमालेले यी विषयमा सरकारसँग स्पष्ट धारणा माग गरे पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको जनाएको छ। साथै,...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी रानाको घरबाट बन्दुकसहित लागू औषध बरामद गरी राना दम्पतीलाई प्रहरीले हिरासतमा राखेको छ । लागु औषध नियन्त्रण ब्युरो धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय रैकवारको प्रहरी टोलीले बुधबार रानाको पिपरियास्थित घरमा खानतलासी गर्दा भरुवा बन्दुक र लागू औषध भेटाएपछि नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले बताए । पक्राउपछि दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । डिएसपी रावतका अनुसार राना दम्पतीको घरबाट ७८ मिलिग्राम खैरो हिरोइन र ८० ग्राम बरामद गरिएको छ । प्रहरीले घरबाट विभिन्न कम्पनीका १० थान मोबाइल सेट समेत बरामद गरेको छ ।...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, सुदूरपश्चिम
– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो छैन। विशेष गरी आशा र सम्भावनाले भरिएका युवाहरू लागूऔषधको दलदलमा फस्दै जाँदा परिवारको खुसी, समाजको शान्ति र राष्ट्रको भविष्य नै संकटमा पर्दै गएको छ। हरेक वर्ष लागूऔषध नियन्त्रणका नाममा विभिन्न गोष्ठी, अन्तरक्रिया, सेमिनार, र्‍याली तथा औपचारिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। कार्यक्रममा ठूलाठूला भाषण हुन्छन्, प्रतिबद्धता व्यक्त गरिन्छ, तस्बिर खिचिन्छ र समाचार प्रकाशित हुन्छ। तर कार्यक्रम सकिएपछि समस्या जहाँको त्यहीँ रहन्छ। दुर्व्यसनमा फसेका युवाको संख्या घट्नुको सट्टा झन् बढिरहेको यथार्थ हाम्रो सामु छ। यसले एउटा गम्भीर प्रश्न उठाएको छ—के अब पनि कोठाभित्र सीमित कार्यक्रमले मात्र यो समस्या समाधान गर्न सक्छ? यसको उत्तर स्पष्ट छ—सक्दैन। अब लागूऔषध नियन्त्रणका लाग...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

ट्रेन्डिङ, ताजा अपडेट, विचार, सुदूरपश्चिम
– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म सडक सञ्जाल विस्तार भइरहेको छ। पहाडहरू छिचोलिएका छन्, नदीहरूमा पुल बनेका छन्, बजारहरू फैलिएका छन्। विकासका सूचकहरू कागजमा सुन्दर देखिन्छन्। तर यही सुन्दर चित्रभित्र एउटा मौन पीडा छ, जसलाई देख्न आँखा मात्र होइन, महसुस गर्न हृदय पनि चाहिन्छ। देशका सडकहरू फराकिला हुँदैछन्, तर गाउँघरका आँगनहरू युवाविहीन बन्दैछन्। यो कुनै साहित्यिक उपमा मात्र होइन, आजको नेपालको कटु यथार्थ हो। विकासको नाममा बनेका सडकहरूले गाउँलाई शहरसँग जोडे, तर ती सडकहरूले गाउँका युवाहरूलाई आफ्नै जन्मभूमिबाट टाढा पुर्‍याउने बाटो पनि बने। आज हजारौँ गाउँहरूमा बिहानको उज्यालोभन्दा बढी सन्नाटा छ। घरका आँगनमा बालबालिकाको हाँसोभन्दा बढी वृद्ध आमाबुबाको प्रतीक्षा सुनिन्छ। कुनै समय गाउँका चौतारीमा बस...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी गरेका छन्। नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेठीका अनुसार वितरण गरिएका सामग्रीमा ९२ थान सिँचाइका विद्युतीय मोटर, १७ थान पम्पसेट, १० थान मिनी टिलर, पाँच थान रोटाभेटर, १० थान कल्टिभेटर र १० थान २२ हर्ष पावरका पावर टिलर वितरण गरिएको छ। यसैगरी, पाँच थान चारचक्के पावर टिलर, दुई थान सुगरकेन मल्चर, दुई थान राजाहल, दुई थान रिपर, दुई थान कम्बाइन मिल, द...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका विश्वकर्माको ७२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । विश्वकर्मा लामो समयदेखि राजनीति र दलित समु्दायका अधिकारका लागि सक्रिय व्यक्तित्व हुन् । कैलालीको धनगढीका विश्वकर्माको निधनपछि पार्थिव शरिर घर ल्याईएको छ । विश्वकर्माको बुधबार विहान गोदावरीमा अन्त्येष्टि गरिने छोरा हिमेश बिकेले जानकारी दिए । विश्वकर्माले राजनीति, समाजसेवासंगै दलित समुदायका शिप कला सम्बन्धि शिल्पी समुदायका कला पुस्तक लेखन गरेका छन् ।...
गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - गन्ध नालाको पानी अवरोध हुँदा बेदकोट नगरपालिका १० सिसैया नयाँ गाउँ डुबानमा परेको छ । बेदकोट न. पा. १० सिसैया नयाँगाउ नहर सडक खण्ड अन्तर्गत SI 7/1 र SI 7/2 टर्सरीको बिच भाग बाट चतहरी जोड्ने सडक रहेको छ । ति दुवै टर्सरी तथा सडकको मुनि गन्धनालाको पानी निकासको लागि होम पाइप राखिएको छ । बर्सादमा सिसैया बजारस्थित पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रबाट बग्ने पानी सोही नालाबाट निकास हुन्छ । होमपाइपको ठाउँमा  R.C.C. कलभर्ट निर्माण भए डुबानको समस्या समाधान हुने भएपनि त्यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले भनाइ छ । R.C.C. कलभर्ट निर्माण गरिदिन स्थानीयले वडा कार्यालय, बेदकोट नगरपालिका, महाकाली सिँचाइ व्यवस्थापन, महाकाली सिँचाइ डिभिजन कार्यालय, महाकाली सिँचाइ आयोजना ब्लक डी लालपुर लगायत निकायमा पटक पटक गुहार गर्दा पनि उनीहरूले ध्यान नदिएको स्थानीयको गुनासो छ । यद्दपी आ...
महेन्द्रनगरमा शनिबार सहकारी सम्मेलन

महेन्द्रनगरमा शनिबार सहकारी सम्मेलन

Breaking News 1, samachar, अर्थ, गण्डकी, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरमा सहकारी सम्मेलन आयोजना गरीएको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा पश्चिम पाटीको आयोजनामा महेन्द्रनगरको ओपेरा होटेलमा शनिबार सहकारी सम्मेलनको आयोजना गरीएको हो । शनिबार विहान ९ बजेदेखि दिउसो ५ बजेसम्म आयोजना हुने सहकारी सम्मेलनको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । सम्मेलनमा पछिल्लो समयमा सहकारीप्रति अविश्वास, सहकारीलाई हेर्ने दृष्टिकोणबारे र सहकारीकर्मीका चुनौतीका बारेमा छलफल गर्ने उदेश्यका साथ सहकारी सम्मेलनको अयोजना गर्न लागेको सम्मेलनका संयोजक तथा उदयदेव बहुउदेश्यीय सहकारीका सिईओ गणेश बहादुर चन्दले बताए । सम्मेलनमा कञ्चनपुरका ३० देखि ३५ सहकारीका तर्फबाट ३÷४ जनाको दरले सहभागिता रहने उनले बताए । सम्मेलनमा सहकारी पेशामा लागेका प्यानालिष्टहरुबाट प्यानल डिष्कसन गरीने र सहकारीलाई डिजिटलाईज कसरी गर्ने भन्नेबारे समेत छलफल गरीने उनले बताए । ...
महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू

महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिए नागरीकको मृत्यू भएको छ । महेन्द्रनगर बजारमा रहेको होटेल दरवार बुटिक(डाईमण्ड)मा संचालित क्यासिनोको हेप्पि आवरमा लडेर घाइले भएका भारतको अलमोडा रानिखेतका ५३ बर्षिय दिपेन्द्र सिंहको महाकालि प्रदेसिक अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । रानीखेतका सिंह खाटबाट लडेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेक बहादुर रावतले जानकारी दिए । डिएसपी रावतका अनुसार सुतेको अवस्थामा खाटबाट लडेका सिंहको निधारमा चोट लागेको थियो । उनका महाकाली प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपि रावतले बताए । शवको पोष्टमार्टम गरेर आफन्तले बुझेको उनले बताए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज