पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न
महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर्माण गरौं भन्ने मुल नाराका साथमा संञ्चालन गरीएको ५ दिने निःशुल्क योग विज्ञान शिविर बुधबार सम्पन्न गरिएको हो । आदर्श नेपालर आदर्श नगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति, कञ्चनपुर आदर्श नेपाल, शिव मन्दिर योग साधना केन्द्र पतंजलि योग समिति, कञ्चनपुर र महिला पतंजलि योग समिति, कञ्चनपुरको आयोजना रहेको उक्त शिविरबाट सयौ जनाले लाभ लिएको आयोजकले जनाएका छन् ।
कञ्चनपुर पतंजलि योग समिति, कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने योगलाई घरघरमा पु¥याउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, समाजमा योग र आयुर्वेदको महत्व बढाउने अभियानका साथमा योग शिविरको आयोजना गरीएको बताए। जिल्लाका प्रत्येक स्थानीय तह, वडा तथा टोलस्तरसम्म योग विस्तार ग...













