जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई कञ्चनपुर उद्योग बाणिज्य संघको राहत
महेन्द्रनगर – जेनजी आन्दोलनबाट प्रभावित महेन्द्रनगरका पाच जना व्यवसायीलाई कञ्चपनुर उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा क्षती पुगेका २५ हजारका दरले राहत सहयोग गरेको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले न्यू रोयल टेलरिङ्ग ब्राण्ड, गल्सब्यूटी होम, श्रीराम होजियारी उद्योग, मेलौली होजियार उद्योग र रत्नमणी टे«डर्सका संञ्चालकलाई २५ हजारका दरले राहत सहयोग उपलब्ध गराईएको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जेनजी आन्दोलनको क्रममा क्षति व्यहोरेका उद्योगी, व्यवसायीहरुका घाउमा मलम लगाउने उदेश्यका साथ सक्दो राहत सहयोग गरेको बताए । अध्यक्ष जोशीले जेनजी आन्दोलनका क्रममा निजी, व्यवसायी क्षेत्रमा भएको लुटपाट, आगजनी, तोडफोडले कञ्चनपुर सहित देशकै व्यापार व्यवसायी घरासायी भएकाल...




















