Advertisement

Day: १९ असार २०८२, बिहीबार

प्रेसचौतारी नेपाल कञ्चनपुरद्धारा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य काफ्लेलाई स्वागत तथा सम्मान

प्रेसचौतारी नेपाल कञ्चनपुरद्धारा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य काफ्लेलाई स्वागत तथा सम्मान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रेस चौतारी नेपाल कञ्चपनुर शाखाले प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई एक कार्यक्रमका विच सम्मान तथा स्वागत गरेको छ । बुधबार प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष मदन गिरीको सभापतित्वमा आयोजना गरीएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई टिका खादा लगाएर सम्मान गरीएको हो । कार्यक्रममा आफ्ना ति दुखका क्षण सम्झिदै प्रेस काउन्सिल नेपालका बोड सदस्य निमा काफ्लेले एक पटक फेरी पनि पत्रकार आचारसंहिता पढ्न आग्रह गरेकी छन् । पत्रकारले पत्रकार आचारसंहिता पढेर पत्रकारी गरेको खण्डमा कुनै पनि पत्रकार समस्या नपर्ने उनले बताए । कार्यक्रममा काउन्सिल सदस्य काफ्ले आफू मोफसलबाट पत्रकारिता सुरु गरी मूलधारमा पुगेको र काउन्सिल सदस्यको हैसियताले उनले पत्रकारिता व्यवस्थित बनाउन भूमिका निर्वाहन गर्ने बताइन् । त्यसैगरी कार्यक्रममा नेकप...
नेपाल तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द, वडा–वडामा संगठन विस्तार गरिने

नेपाल तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द, वडा–वडामा संगठन विस्तार गरिने

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकामा नेपाल तरूण दलको नगर समिति गठन गरिएको छ। बिहिबार नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा रहेको नेपाल तरूण दल नगर समिति नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठन गरिएको हो । नगर समितिको उपाध्यक्षमा दिपेन्द्रबहादुर सिंह, सचिवमा करन सिंह ठगुन्ना, सहसचिवमा राजेन्द्रबहादुर ऐर, कोषाध्यक्षमा शान्ति लुहार र सदस्यमा रामसिंह राना सर्वसम्मत चयन भएका छन्। शुक्लाफाँटाको १२ वटै वडाको प्रतिनिधित्व हुने गरी सदस्यहरु थ्प गरेर १६ सदस्यीय नगर समिति बनाइनेछ । शुक्लाफाँटामा तरुण दललाई सक्रिय बनाउने अध्यक्ष चन्दले बताए। ‘अब सबै वडाहरुमा तरुण दल गठन गर्नेछौं,’ उनले भने, ‘नेपाल तरुण दल नगरभित्रका टोल–टोलमा पुग्नेछ।’   नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको अध्यक्षतामा भएको नगर समिति गठन कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिका सहमहान्त्री चिन्तामणी...
कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

samachar, अर्थ, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सुनचाँदी व्यवसाय गरीरहेका व्यवसायी शुक्रबार सदरमुकाम महेन्द्रनगरमा आउन लागेका छन् । उनीहरुले महेन्द्रनगर बजारमा आफ्नो शक्ति प्रदर्शन गर्ने जनाईएको छ । सुनमा लगाईएको कर खारेजी सहितका विभिन्न माग राखेर असार १३ गतेदेखि आफ्ना व्यवसाय समेत बन्द गरी आन्दोलन गरीरहेका उनीहरुले जेठ ३० गते बजारमा ¥याली गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । शुक्रबार महेन्द्रनगर बजारमा व्यवसायीहरुले बृहत प्रदर्शन सहित ¥याली आयोजना गर्ने तयारी गरिएको छ । उद्योग बाणिज्य संघ कञ्चनपुरले उनीहरुको आन्दोलनमा ऐकिवद्धता जनाएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै उद्योग बाणिज्य संघ कञ्चनपुरले पनि ऐकिबद्धता जनाएको हो । कारोबार ठप्प पारेका उनीहरु आफना माग पूरा गराउन सरकारलाई दबाव दिन शुक्रबार प्रदर्शन गर्न लागेका हुन् । ‘अहिले हामी हाम्रो व्यापार व्यवसाय कारोबार सबै...
बेलडाँडी गाउँपालिकामा सिलाई कटाई तालिम सम्पन्न

बेलडाँडी गाउँपालिकामा सिलाई कटाई तालिम सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा सिलाई कटाई तालिम सम्पन्न गरीएको छ । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउने उदेश्यले गाउँपालिकाको उपाध्यक्ष विशेष कोषबाट संञ्चालन गरीएको निशुल्क उद्यामशिलता डेढ महिने एडभान्स तामिलको विहीबार समापन गरीएको हो । समापन कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ रहेका थिए भने कार्यक्रमको अध्यक्षता कालिकिच महिला सिलाईका अध्यक्ष ईश्वरी भट्टले रहेका थिए । आधारभूत सिलाई कटाई तालिम लिएका आर्थिकरुपमा विपन्न महिलाहरुका लागि एडभान्स तहको डेढ महिने तालिम प्रदान गरीएको हो । कार्यक्रमा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले आर्थिकरुपामा विपन्न महिलाहरुलाई आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउने उदेश्यका साथ तालिम प्रदान गरीएको बताए । ‘आर्थिकरुपमा विपन्न महिलाहरुलाई सक्षम बनाउनका लागि तालिम प्रदान गरीएको छ,’ गाँउपालिका उपाध्यक्ष न...
मन्त्री भएको डेढ महिना मै बनमन्त्री चौधरी बर्खास्त

मन्त्री भएको डेढ महिना मै बनमन्त्री चौधरी बर्खास्त

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी–नागरीक उनमुक्ति पार्टी(नाउपा) बाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् । बिहिबार मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले मन्त्री चौधरीको कार्यशैलीप्रति असन्तुष्टि रहेका थिए । मुख्य मन्त्री शाहले राजीनामा दिन आग्रह गरेका थिए । तर मन्त्री चौधरीले राजीनामा दिन नमानेपछि बखास्तमा परेका छन् । मन्त्री चौधरी कृषिमन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेका थिए । यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टी(नाउपा)बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका थिए । नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौ...
सएसईइमा बेलडाँडीका ३७ प्रतिशत उत्तिर्ण

सएसईइमा बेलडाँडीका ३७ प्रतिशत उत्तिर्ण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एसईई परीक्षामा ३७ प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार बेलडाँडी गाउँपालिकाबाट सरकारी तथा निजी गरी ८ विद्यालयका २ सय ९५ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये १०९ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा धेरै उत्तीर्ण विद्यार्थी सरस्वती माविमा देखिएका छन् । विद्यालयका ४७ जना विद्यार्थी सहभागीमध्ये २७ जना उत्तीर्ण भएका छन् । दोस्रो स्थानमा सरस्वती मावि वैवाह रहेको छ । उक्त विद्यालयका ५६ परीक्षार्थीमध्ये २९ जनाले सफलता प्राप्त गरेका छन् । तेस्रो स्थानमा रौलेश्वर मावि परेको छ, जहाँ ५३ विद्यार्थी सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् । त्यसैगरी सिद्धनाथ मावि, खैरिघाटका ४६ मा १४ जना उत्तीर्ण छन । गणेश मावि, भुर्षाका ३८ मा ५ उत्तीर्ण भए । बैजनाथ मावि, झिलमिलाका ३५ मा ८ उत्तीर्ण भएका छन । क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज