Advertisement

प्रेसचौतारी नेपाल कञ्चनपुरद्धारा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य काफ्लेलाई स्वागत तथा सम्मान

महेन्द्रनगर – प्रेस चौतारी नेपाल कञ्चपनुर शाखाले प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई एक कार्यक्रमका विच सम्मान तथा स्वागत गरेको छ । बुधबार प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष मदन गिरीको सभापतित्वमा आयोजना गरीएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका नव नियुक्त बोर्ड सदस्य निमा काफ्लेलाई टिका खादा लगाएर सम्मान गरीएको हो । कार्यक्रममा आफ्ना ति दुखका क्षण सम्झिदै प्रेस काउन्सिल नेपालका बोड सदस्य निमा काफ्लेले एक पटक फेरी पनि पत्रकार आचारसंहिता पढ्न आग्रह गरेकी छन् । पत्रकारले पत्रकार आचारसंहिता पढेर पत्रकारी गरेको खण्डमा कुनै पनि पत्रकार समस्या नपर्ने उनले बताए ।
कार्यक्रममा काउन्सिल सदस्य काफ्ले आफू मोफसलबाट पत्रकारिता सुरु गरी मूलधारमा पुगेको र काउन्सिल सदस्यको हैसियताले उनले पत्रकारिता व्यवस्थित बनाउन भूमिका निर्वाहन गर्ने बताइन् ।
त्यसैगरी कार्यक्रममा नेकपा एमालेका कञ्चनपुरका उपाध्याक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले पत्रकारहरुले सत्य तथ्य समाचार लेखेर सुसूचित गर्न पर्ने जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नु पर्ने बताएका छन् ।

उनले पत्रकारिताको धर्म बाहिर गएर हुने सूचना प्रवाहले अन्यौलको अवस्था देखिएको बताएका हुन् । ‘कुन समाचार सत्य हो, कुन भ्रामक हो, सही गलत हो छुट्याउन मुस्किल छ’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामी, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, प्रेस चौतार िनेपालका अग्रज नेता पत्रकार रनि विवश लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
चौतारीका जिल्ला अध्यक्ष मदन गिरीको अध्यक्षतामा गरेको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर बोहरा(डिवी)ले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल कञ्चनपुरको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज