Advertisement

नेपाल तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द, वडा–वडामा संगठन विस्तार गरिने

महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकामा नेपाल तरूण दलको नगर समिति गठन गरिएको छ। बिहिबार नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा रहेको नेपाल तरूण दल नगर समिति नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठन गरिएको हो । नगर समितिको उपाध्यक्षमा दिपेन्द्रबहादुर सिंह, सचिवमा करन सिंह ठगुन्ना, सहसचिवमा राजेन्द्रबहादुर ऐर, कोषाध्यक्षमा शान्ति लुहार र सदस्यमा रामसिंह राना सर्वसम्मत चयन भएका छन्। शुक्लाफाँटाको १२ वटै वडाको प्रतिनिधित्व हुने गरी सदस्यहरु थ्प गरेर १६ सदस्यीय नगर समिति बनाइनेछ । शुक्लाफाँटामा तरुण दललाई सक्रिय बनाउने अध्यक्ष चन्दले बताए। ‘अब सबै वडाहरुमा तरुण दल गठन गर्नेछौं,’ उनले भने, ‘नेपाल तरुण दल नगरभित्रका टोल–टोलमा पुग्नेछ।’

नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको अध्यक्षतामा भएको नगर समिति गठन कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिका सहमहान्त्री चिन्तामणी भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष महेश चन्दले कञ्चनपुरका हरेक नगर र वडामा तरूण दलको संगठन विस्तार गरिने बताए। ‘पार्टीले हामीलाई के दियो भन्दा हामीले पार्टीलाई के दियौँ भन्ने हिसाबले काम गर्नुपर्छ। काम ग¥यो भने फल पनि मिल्छ,’ उनले भने। समाज परिवर्तनका लागि तरूण दलले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाई छ। ‘गलतलाई हामी स्वीकार गर्दैनौँ, कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौं,’ उनले भने।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज