Advertisement

Day: २२ पुष २०८१, सोमबार

महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

Breaking News 1, ट्रेन्डिङ, राजनीति, शिक्षा, शेयर बजार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर ।  ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो। बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ। विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छरु कसरी रोजागारी दिन सकिन्छरु भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ। ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालि...
पिपिआर रोगविरुद्ध खोपकार्य सम्बन्धी खोपकर्ताहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

पिपिआर रोगविरुद्ध खोपकार्य सम्बन्धी खोपकर्ताहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ब्यापार, स्वास्थ्य
महेन्द्रनगर : महेन्द्रनगरमा पिपिआर रोग विरुद्ध खोप कार्य सम्बन्धी खोपकर्ता(भ्याक्सिनेटर) हरुका लागि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा उक्त गोष्ठि सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काको अध्यक्षता सम्पन्न भएको उक्त गोष्ठिमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पान सिंह ठगुन्ना प्रमुख अतिथी रहनु भएको थियो । त्यसैगरी विशिष्ठ अतिथिमा पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा.नरेश जोशी रहनु भएको थियो । कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास कार्यालयका निर्देशक ठगुन्नाले कार्यपत्र प्रस्तुत गर्दै पशुहरुमा खोप लगाउनुको महत्व, पशुहरुलाई महामारी रोगबाट बचाउन प्रदेश सरकारको भूमिका, पशुजन्य उत्पादनको निर्यातमा रोगमुक्त पशुजन्य उत्पादनक...
दोधारा चाँदनीको वाल क्लबलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी ३ दिने तालिम

दोधारा चाँदनीको वाल क्लबलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी ३ दिने तालिम

Breaking News 1
दोधारा । विपद् जोखिम न्युनिकरणको लागी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वाल क्लवका पदाधिकारीहरुलाई ३ दिने तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ मा रहेको अम्बिका माध्यमिक बिद्यालयको आयोजना र निड्स नेपाल तथा अक्सफाम नेपालको सहयोगमा अम्बिका वाल क्लवका पदाधिकारीहरुलाई ३ दिने विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम सुरु गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० वडाका समुदायलाई लक्षित गरि तालिम संचालन गरिएको कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो । तालिमले आफु, परिवार र समुदायलाई सुरक्षित राख्न मद्धत पुग्ने निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले विश्वास ब्यक्त गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद्को जोखिम रहेका वडा तथा टोललाई लक्षित गर्दै जोखिम न्युनिकरणक...
कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज