Advertisement

Breaking News 1

नगर दलित समन्वय समिति दोधारा चाँदनीद्धारा बिरामीहरुको उपचारमा सहयोग

नगर दलित समन्वय समिति दोधारा चाँदनीद्धारा बिरामीहरुको उपचारमा सहयोग

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न समस्या भएकाहरुलाई आर्थिक सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका ४ जना बिरामीलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले आर्थिक सहयोग गरेको हो । अतिविपन्नताको कारण उपचार गर्न समस्या भएर घरमै थलिएका पदमी ओड, सुरेश सुनार, नर बहादुर बिक, कालु देबी चदारोलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले प्रत्येक बिरामीलाई रु. १० हजारको दरले ४ जना बिरामीलाई रु. ४० हजार रकम बितरण गराईएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । दलितहरुको हकहितका लागी स्थापना गरिएको नगर दलित समन्वय समितिले आर्थिक सहयोग संकलन गरि कोष तयार गरि विपन्नताको कारण उपचार गर्न सकस भएकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समि...
गृहमन्त्री लेखक गृह जिल्ला कञ्चनपुर आउदै

गृहमन्त्री लेखक गृह जिल्ला कञ्चनपुर आउदै

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । नेपाली काग्रेंसका नेता तथा गृहमन्त्री रमेश दत्त लेखक भोली गृह जिल्ला कञ्चनपुर आउने भएका छन् । गृहमन्त्री भएपछि रमेश दत्त लेखक पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् । भोली अर्थात मंगलवार बिहान ११ बजे कञ्चनपुरको पुर्नवास, दिउसो १ बजे बेलौरी, दिउसो २ बजे वेल्डाँडी पुगेर कार्यकर्ता तथा स्थानियबासी संग भेटघाट कार्यक्रम तय भएको नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले जानकारी दिनुभएको छ् । गृहमन्त्री रमेश दत्त लेखकले सो क्षेत्रमा सुरक्षा अवस्था र गएको असार २२, २३ र २४ गतेको बाढीका कारण भएको क्षतिको बारेमा बिषयमा स्थानियबासीबाट जानकारी लिनुहुने छ् । यस्तै १९ गते अर्थात बुधवार ११ बजे नेपाली काग्रेंस जिल्ला कार्य समिति कञ्चनपुरमा कार्यकर्ता तथा स्थानियबासीहरु संग भेटघाट, अपरान्ह ४ बजे दोधारा चाँदनी नगरपालिकामा रहेको नेपाली काग्रेंसको विपी स्मृती भवनको समउद्धघा...
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कञ्चनपुरमा

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कञ्चनपुरमा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा बाढी प्रभावितका लागि अस्थायी आवास तथा तटबन्ध निर्माण सम्बन्धी छलफल भएको छ् । साथै गत असार २२, २३ र २४ गतेको बाढीका कारण भएको क्षति र साँझेदार संस्थाहरुले प्रभावितहरुका लागि गरेको राहत वितरण कार्य र आगामी दिनमा गर्नुपर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कञ्चनपुरमा असारको बाढी प्रभावितहरुलाई एनएनएसडब्ल्यूए लगाएतका संघ–संस्थाहरुले ठूलो राहत प्रदान गरेको बताउनुभयो । उहाँले बाढीका कारण घर क्षति भएका प्रभावितहरुलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी ...
वडाध्यक्ष खत्रीले सुरु गरेको शुरेस बचाउन अभियानमा संकलन रकम हस्तान्तरण

वडाध्यक्ष खत्रीले सुरु गरेको शुरेस बचाउन अभियानमा संकलन रकम हस्तान्तरण

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । छोराको उपचारमा सहयोग गरिदिन सबैलाई कमला सुनारले अपिल गरे संगै दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले थालेको कमला सुनारका सुनारका छोरा वर्ष अन्ताजी ३३ का शुरेस सुनारको उपचारको लागी संकलित रकम रकम संकलन सुरु भएको छ् । आर्थिक अवस्था निकै दैनिय रहेका शुरेस सुनारको मृगौलामा समस्या देखिए संगै मुखबाट रगत बग्न थालेपछि उनका घरपरिवार उपचारमा सहयोगको लागी सबै संग गुहार माग्दै आएका छन् । बिरामीले हिडडुल गर्न नसकेका शुरेसलाई घरपरिवारले सिमावर्ती भारतिय बजारमा रहेका अस्पतालमा उपचार गर्दै आएका हुन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले सुरु गरेको शुरेस सुनार बचाउ अभियानमा संकलन भएको रु. २७ हजार ७ सय रकम शुरेस सुनारका आमा कमला सुनारलाई हस्तान्तरण गरेका छन् । वडा कार्यालयमा कमला सुनारलाई हाल सम्म संकलन भएको रकम रु. रु. २७ हजार ७ सय शुरेसको उपचारको लागी हस्तान्तरण ...
‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ’जेडसी’ सम्बन्धी २ दिने तालिम

‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ’जेडसी’ सम्बन्धी २ दिने तालिम

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा “परियोजना व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। संस्थाका कार्य समिति पदाधिकारी तथा विभिन्न परियोजनामा कार्यरत कार्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने साथै समतामुलक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने उद्देश्यले एनएनएसडब्ल्यूए–को सभा हलमा तालिमको आयोजना गरिएको हो । नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरुले कर्मचारीहरुको वार्षिक मूल्यांकन, सन्तुष्टी सर्वेक्षण र क्षमता तथा विशेषज्ञता दर्शाउने मानव संसाधन सूची संकलन गरिएको र सोको आधारमा उनिहरुका आवश्यकता अनुसार क्षमता अभिवृद्धिका तालिम साथै अभिमूखिकरण कार्यक्रमहरू क्रमिक रुपमा गरिादै आएको बताउनुभयो । प्रवासी तथा उनिहरुका दम्पत्तीहरुका लाग...
माईती नेपालको सरोकारवाला संग अन्तरक्रिया, भारतबाट १२ र सीमा नाकाबाट १ सय ३५ जनाको उद्दार

माईती नेपालको सरोकारवाला संग अन्तरक्रिया, भारतबाट १२ र सीमा नाकाबाट १ सय ३५ जनाको उद्दार

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर । बेचबिखनको जोखिममा परेका २ बालक सहित १० महिलाको उद्दार गरिएको छ् । माईती नेपाल कञ्चनपुरले ६ महिनाको अवधिमा भारतबाट बेचबिखनको जोखिममा परेका २ बालक सहित १० महिलाको उद्दार हो । माईती नेपाल कञ्चनपुरको सन ०२४ जनवरी देखि जुलाई सम्मको तथ्यांक अनुसार भारतबाट २ बालक, ४ बालिका र ६ महिलाको उद्दार गरिएको छ् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरीले ६ महिनाको अवधिमा भारतका विभिन्न शहरबाट १२जना नेपालीको उद्दार गरिएको बताईन । उनका अनुसार भारतको सुरत,खटिमा, दिल्ली,शाहजापुर, हरियाणा, राजस्थान, मुम्बैबाट १/१, पुनाबाट २ र देहरादुनबाट ३ जनाको उद्दार गरिएको छ । उनीहरुलाई आकर्षक रोजगारीदेखि विभिन्न प्रलोभनमा पारेर भारत लगेर बेच्न खोजिएपछि पीडित परिवारको निवेदनका आधारमा खोजतलासी गरेर उद्दार गरिएको छ । भारतबाट उद्दार गरिएकाहरुलाई केहीलाई पुर्नस्थापना गृह र घरपरिवारको जिम्मा लगाईएको छ । ६ महिनाको अवधिमा...
गौरा पर्वको अवसरमा दोधारा चाँदनीमा देउडा, रस्साकस्सी र घैटाफोड प्रतियोगिता

गौरा पर्वको अवसरमा दोधारा चाँदनीमा देउडा, रस्साकस्सी र घैटाफोड प्रतियोगिता

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । शुदूरपश्चिममा गौराको रौनक सुरु भएको छ । सुदूरपश्चिमको मौलिक पर्वमा रुपमा मनाइने गौराको गाँउ देखि बजार क्षेत्रमा रौनक बढेको छ् । शनिवार विरुडा भिजाएर गौरा सुरु भएको हो । गौरा पर्वको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएका छ् । पुर्खाको दिन देखि चलि आएको गौरा पर्व आफूहरुले पनि संरक्षण गर्दै जानु पर्ने उद्धेश्य अनुरुप दोधारा चाँदनी नगरपालिकामा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको उहाँले बताउनुभएको छ् । शिद्धनाथ मन्दिर समिति कञ्चनपुरको आयोजना, दोधारा चाँदनी नगरपालिका– २ र ४ वडा कार्यालयको सहयोग र कृष्ण समाज बिकास नेपाल, सिद्धनाथ युनेस्को बिकास नेपाल र दोधारा चाँदनी तेक्व...
वडाध्यक्ष खत्रीले सुरु गरे जिवन रक्षाको अभियान , सहयोगको लागी सबैमा अपिल

वडाध्यक्ष खत्रीले सुरु गरे जिवन रक्षाको अभियान , सहयोगको लागी सबैमा अपिल

Breaking News 1, शिक्षा, समाचार, स्वास्थ्य
दोधारा । छोराको उपचारमा सहयोग गरिदिन सबैलाई कमला सुनारले अपिल गरेका छन् । बिगत १ वर्ष देखि मृगौलमा समस्या भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ चैते टोल निवासी वर्ष अन्ताजी ३३ का शुरेस सुनारको उपचारमा सहयोग गरिदिन उनका आमा कमला सुनारले अपिल गरेका छन् । आर्थिक अवस्था निकै दैनिय रहेका शुरेस सुनारको मृगौलामा समस्या देखिए संगै मुखबाट रगत बग्न थालेपछि उनका घरपरिवार उपचारमा सहयोगको लागी सबै संग गुहार माग्दै आएका छन् । बिरामीले हिडडुल गर्न नसकेका शुरेसलाई घरपरिवारले सिमावर्ती भारतिय बजारमा रहेका अस्पतालमा उपचार गर्दै आएका हुन् । अस्पतालले उपचारमा बढी रकम लाग्ने बताए संगै आर्थिक अवस्था कमजोर रहेकै कारण उपचार गर्न नसकेर घरमै शुरेसलाई राखेको आमा कमला सुनारले बताए । कमलाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहुन देश तथा विदेशमा...
सकियो गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा

सकियो गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा

Breaking News 1, शिक्षा, समाचार, स्वास्थ्य
दोधारा ।  महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छिन्। भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतवार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन्। परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन्। 'संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ। त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ', उनले भनिन्। झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई  कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन्।...
मौलिक पहिरन जगेर्ना गर्न मेची–महाकाली यात्रा

मौलिक पहिरन जगेर्ना गर्न मेची–महाकाली यात्रा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नेपाली महिलाको मौलिक पहिरन गुन्यो चोली हराउँदै गएको हुँदा गुन्यो चोलीको जर्गेना गर्ने मनसायले साहसी महिला शुशिला उप्रेती तिवारीले बुलेट मोटर साइकलमा मेची देखि महाकाली यात्रा गरेकी छन् । तिवारीले भदौं ५ गते मेचीको बुद्धशान्ति गाउँपालिका बाट बिहान ९ बजे शुरु गरेको यात्रा भदौं ९ गते महाकालीको कञ्चनपुर जिल्ला स्थित गड्डाचौकीमा नेपाली झण्डा गाडी आफ्नो यात्रा सफल पारेकी हुन् । उनले भनिन् ‘हाम्रो परापूर्वक काल देखि चलिआएको हाम्रो पहिरन गुन्यो चोली लोप हुन लागेकोले यसको जगेर्ना हामी सबैले गर्नु पर्छ । यसैको लागि मैले मेची देखि महाकाली सम्म गुन्यू चोलो लगाएर मेची महाकाली यात्रा गरेकी हु, हाम्रो संस्कृति हाम्रो पोसाक हाम्रो धरोहर हुन त्यसैले यसलाई जगेर्ना गर्नुको साथै सबैले प्रयोगमा ल्याउनु पर्छ ।’ झापा बुद्धशान्ति ३ बस्ने तिवारी साहसी महिलाको रुपमा चिनिन्छन् । उनले मोटरसाइकल बाट गरिने विभिन्न सा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज