Advertisement

Breaking News 1

स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न

स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
रीदम दत्त पन्त, महेन्द्रनगर–महेन्द्रनगरमा स्थानीय तह र सरोकारवालाहरुसंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सामाजिक विकास कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा सरोकारवालासंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट रहेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्टले कार्यक्रमको बारेमा प्रकास पार्दै विविध विषयमा प्रस्तुति राखेका थिए । उनले अनिवार्य तथा निशुल्क शिक्षा, नेपालको संविधानमा शिक्षा, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन, अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी नियम, अनिवार्य तथा निशुल...
राष्ट्रिय मानव अधिकार आयोगको रजत जयन्तीको अवसरमा अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगको रजत जयन्तीको अवसरमा अन्तरक्रिया

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–राष्टिय मानव अधिकार आयोगको रजत जयन्तीको अवसरमा महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम गरीएको छ । मंगलबार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको आयोजना तथा सुप विश्वविद्यालयको सहकार्यमा सुदूरपश्चिम बिश्विविद्यालयका कानुन विषय अध्ययनरत विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी रजत जयन्ती मनाईएको हो । कार्यक्रममा मानव अधिकार आयोग सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख एवं सचिव प्रकाश दत्त भट्टको सभापतित्व तथा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका माननीय न्यायाधीश दिनेश यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार आयोग सुप प्रदेश कार्यालयका सचिव प्रकाश दत्त भट्टले नेपालको मानव अधिकारको अहिलेको अवस्था र कार्यन्वयनमा देखा परेका चुनौतीका बारेमा छोटो प्रस्तुति दिएका थिए । कार्यक्रममा सुप विश्वविद्यालयका कानुन संकायका डिन एवं निमित्त ...
सुदूरपश्चिम विश्वविद्यालयमा भ्रष्टाचार की कागजात मिलेन ?

सुदूरपश्चिम विश्वविद्यालयमा भ्रष्टाचार की कागजात मिलेन ?

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुुदूरपश्चिम विश्वविद्यालयको गत आर्थिक बर्ष ०८०/०८१ मा १७ करोड, १६ लाख, २१ हजार रकम बेरुजु देखिएको छ । केही समय अघि महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुरुप सुप विश्वविद्यालयको गत आर्थिक बर्षमा उक्त बेरुजु देखिएको हो । महालेखाको प्रतिवेदन अनुसार ५७ लाख, ५६ हजार रुपैया अशुल्नुपर्ने र १४ करोड, ६८ लाख, ३७ हजार नियमित बेरुजु देखिएको छ । सुप विश्वविद्यालयले विभिन्न योजनाको भुक्तानी कागजात बिनै पनि गरेकोे देखिएको महालेखाको प्रतिवेदनले स्पष्ट पारेको छ । विश्वविद्यालयले २ करोड ४७ लाख, ८४ हजार रुपैया बिना कागज भुक्तानी गरिएको र ७ लाख, ८३ हजार रुपैया बराबर पेश्की भुक्तानी गरेको पाईएको छ । विना कागजात भुक्तानी दिनुमा विश्वविद्यालयका कर्मचारीमाथि नैतिक प्रश्न चिन्ह उठेको छ । कहिकतै विश्वविद्यालयका कर्मचारीको मिलोमतोमा विना भुक्तानी दिने कार्य भएको हुनसक्ने चर्चा बजारमा व्यपक छ ।...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । उक्त शाखको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि मेघराज खड्काले विधिबधरुपमा समुद्धघाटन गरेका छन् । महेन्द्रनगर बजारको मुटुमा रहेको नेशनल प्याथ ल्यावको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खड्काले समुद्धघाट समारोमा बौलदै ल्यावले सामान्य देखि विशेष प्रकारको शारिरीक परिक्षणको लागि स्थानीयहरुलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । ‘राज्यले आफ्नो बजेटको सिमितताको आधारमा काम गर्दैछ, नेशनल ल्याव स्थापना गरी स्वास्थ्य क्षेत्रको विकासको लागि निजि क्षेत्रले पनि अग्रसरता देखाएको छ, यो राम्रो पक्ष हो,’ मन्त्री खड्काले भने ‘ल्यावले स्थानीयस्तरमा राम्रो सेवा सुविधा दिने जमर्को गरेको छ । यहाँका स्थानीयले विभिन्न किसिमका परिक्षणका लागि बाहिर जान...
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् । अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् । ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ ...
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराका तिन बर्ष

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराका तिन बर्ष

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–संघिय गणतन्त्र स्थापना पछि स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भयो । जुन निर्वाचनबाट स्थानीय तहमा नयाँ नेतृत्व आएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको ५ बर्षे कार्यकालको तिन बर्ष समयावधि पुरा भएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख राण बहादुर महराले आफु नेतृत्वमा तिन बर्षको समावधिमा के कति निर्वाचनताका मतदातासंग गरेका प्रतिबद्धता पुरा गरे ? त्यसवारे सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । उहाँले आफ्नो कार्यकालका तिन बर्षको समावधिमा मतदातासंग गरेका आफुले गरेका अधिकांस चुनावि प्रतिबद्धता पुरा गरेको बताउनुभयो । उहाँले यो तिन बर्षको सबैराम्रो उपलब्धि शैक्षिक क्षेत्रमा हासिल गरीएको बताउनुभयो । शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षकलाई प्रधानाध्यापक नियुक्ति, कक्षा ८ र एसईई परीक्षाको नतिजा सुधार लगायतका कार्य गरिएको...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठक आगामी साउन २४ गते गर्ने निर्णय गरेको छ ।   त्यसैगरी बैठकले संगठन सुदृढीकरण, आगामी रणनीति तथा जन समस्या समाधान गर्ने सम्बन्धी विषयमा विस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो । जिल्ला इन्चार्ज निरु देवी पाल प्रमुख अतिथि रहेको बैठकमा जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षता रहेको थियो । एमाले केन्द्रीय सदस्य कृपाराम राना, पदेश कमिटी सचिव रण बहादुर चन्द लगायतका एमाले नेता अतिथि रहेका थिए । बैठकमा संगठनात्मक समीक्षा, सदस्य विस्तार, पार्टीको नीति कार्यान्वयन तथा जिल्लास्तरीय राजनीतिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले जानकारी दिनुभय...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरणमा किरण विष्टले मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीविरुद्ध दिएको गाली–गलौज तथा बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले एक महिना कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेपछि भण्डारीले उक्त अभिव्यक्ति दिएका हुन् ।   उनले जिल्ला अदालत कञ्चनपुरले आफूविरुद्ध गरेको फैसला स्वागतयोग्य रहेको विचार राख्दै सामाजिक सञ्जाल फेसबुकमा उक्त फैसलाले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको उल्लेख गरेका छन् । ‘म यो फैसलालाई निर्मला प्रकरणको कोशेढुंगा मान्छु किनभने अब निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको छ। फैसला शीरोधार्य गर्छु। जिल्ला अदालतले अहिलेसम्म तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले मेराविरुद्ध हालेको मुद्दा अलमल गर्दै आइरहेको थि...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ। न्यायधीश राजेन्द्र सिंह भण्डारीको एकल इजलासले बिहिबार पत्रकार भण्डारलाई गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रुपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।   पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउनेको फैसला भएको कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। अदालतको फैसलालाई सम्मान...
माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा फेरी भट्ट

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा फेरी भट्ट

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुर्नवहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको हो । प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिए । उनकाअनुसार उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन् । १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई हटाउदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो । पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज