Advertisement

Breaking News 1

भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पार्वती बोहरा, महेन्द्रनगर– भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कलालीको गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका ३ जना र बैतडीस्थति जुलाघाट नाकाबाट हुदै भारतबाट फर्केका एक जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ । जुलाघाट नाका हुँदै फर्केका १९ जनामध्ये एक जनाको र गौरीफन्टा नाकाबाट फर्केका ५८८ जनामध्ये २७ जनाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा चार जनामा कोरोना ‘पोजेटिभ’ आएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार कोरोना सङ्क्रमित चारै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट नेपाल फर्केका पाच जनामा कोरोना पोजिटिभ देखिएको थियो भने बुधबार मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जन...
बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी जिल्लाको बेदकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गर्ने क्रममा बेदकोट नगरपालिकामा यो कार्यक्रम गरीएको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । यसले पालिकाभरीमा रहेका सबै बालवालिकाले सवै प्रकारका खोप पाएका छन भन्ने बुझिने भन्दै समन्वय प्रमुख बोहराले बेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खोप कार्यक्रममा सहभागि हुने २० जना स्वयमसेविका, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वस्थ्इ संस्थ्याका प्रमुख हरुहरुलाई दोसल्ला ओडाएर अविर टिका लगाएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरीएको बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमु...
बाजुराको बाम्का बजार जलेर नष्ट

बाजुराको बाम्का बजार जलेर नष्ट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बाजुरको बांका बजारमा आगलागि हुदा करोडौ मुल्य बारावरको क्षति भएको छ । शुक्रबार दिउसो जिल्लाको बुढिंगा नगरपालिका वडा नं. ६ स्थीत बाम्का बजारमा भिषण आगलागि हुदा अढाई करोड बरावरको क्षति बभएको हो । आज दिउसो चार बेजेको समयमा होटेलमा खाना पकाउने ग्यास सिलिंडर पड्किएर आगलागि भएको स्थानीय मोहन सेरालाले जानकारी दिए । उनका अनुसार बजारका ६०र७० पसल आगलागि भएर पूर्णरुपमा क्षति भएको छ । सडकको एक साईडका सवै पसल जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगलागि हुदा अढाई करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार आगलागि भएपछि प्रहरी टोली आगो नियन्त्रणमा प्रयास गरीरहेको छ तर आगलागि नियन्त्रणभन्दा बाहिर गईसकेको छ । थप जानकारी आई नसकेको पनि बाजुर प्रहरी कार्यालयले जनाएको छ ।...
वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरको जग्गा नेकपा बहुमतद्धारा कब्जाको घोषणा

वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरको जग्गा नेकपा बहुमतद्धारा कब्जाको घोषणा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी– डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरको जग्गा नेकपा बहुमतले कब्जा गरेको घोषणा गरेकोछ । कैलालीको भजनी नगरपालिका–९ का एक असहाय महिलाको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको ठाकुरलाई आरोप लगाउदै नेकपा बहुमतले जग्गा कब्जा गरेको हो । नेकपा बहुमत निकट युवा संगठनका नेता दीपेन्द्र ऐरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा रामबिचारीले आफ्नो नाममा जालझेल गरेर लगेकोले ठाकुरको जग्गा कब्जा गरेको जानकारी दिए ।  ...
जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन

जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन गरीएको छ । बुधबार बेलुका ७ बजे सत्तारुढ नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले महेन्द्रनगरको मदन चोकमा १९औ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दिप प्रज्वलन गरेको हो ।   उक्त कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्माले जातीय विभेद तथा छुवाछुक्त मुक्त राष्ट्र घोषणा रुपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । १९ औं जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बुधबार साँझ मदनचोकमा गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित समुदायले अझै पनि जातीय विभेद र छुवाछुतको मार खेप्नु पर्ने अवस्था भएको बताएका हुन् । ‘२०६३ मा अन्तरिम व्यवस्थापिकाबाट नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त ...
जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्म निर्माण हुदै, मासुजन्य पदार्थको उत्पादन र गुणस्तरमा बृद्धि हुने अपेक्षा

जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्म निर्माण हुदै, मासुजन्य पदार्थको उत्पादन र गुणस्तरमा बृद्धि हुने अपेक्षा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा जलबायु प्रविधिमा आधारीत कुखुरा पालन फमको निर्माण भईरहेको छ । सदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२मा विनियोजन गरेको बजेट मार्फत पचास प्रतिशत अनुदानमा कञ्चनपुर जिल्लाको विभिन्न ठाउँमा गरी जलबायु प्रविधिमा आधारीत ६ वटा कुखुरा पालन फर्मको निर्माण भईरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरमार्फत उक्त बजेट कार्यान्वयन भईरहेको छ ।   भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख श्याम सिंह खड्काका अनुसार भीमदत्त नगरपालिकाको वडा नं। ५ १० र ११, बेलौरी नगरपालिकाको वडा नं १०, कृष्णपुर नगरपालिकाको वडा नं ९ र बेदकोट नगरपालिकामा गरी जिल्लाको ६ ठाउँमा जलवायु प्रविधिमा आधारीत कुखुरा फार्म निर्माण भईरहेको छ । भीमदत्त नगरपालिका वडा नं। ११ भुजेलामा किशोर विष्टको विष्ट पोल्ट्री फार्म, भीमदत्त नगरपालिका वडा नं...
लिपना र नाउँलामा खानेपानीको चरम समस्या

लिपना र नाउँलामा खानेपानीको चरम समस्या

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर ९ नाउला गाउँमा खानेपानीको समस्या भएको छ । नगरपालिकाको सुगम वडा पर्ने वडा नंम्बर ९ कञ्चनपुर जिल्लासंग सिमाना जोडिएको वडा हो । जहाँका स्थानीय खानेपानी समस्याबाट आजित छन् । यो गाउँमा बर्षको तिन महिनाजति खानेपानीको चरम समस्या हुदै आएको स्थानीय सुनिता बोहराले जानकारी दिनुभयो । झण्डै ३० परिवारको बसोवास रहेको यो गाउँ कच्चि सडक सञ्जालमा जोडिएको झण्डै ३० बर्षभन्दा बढि भएता पनि यो गाउँमा विद्युतको पनि समस्या रहेको स्थानीय सुनिताले बताउनुभयो । गाउँमा पानीको मुहान एक दुई ठाउँमा रहेको तर चैत महिना लागेसंगै पानीको मुहान सुक्दै जाने गरेकाले बर्षमा तिन महिनादेखि चार महिनासम्म गाउँमा पानीको निकै नै हाहाकार हुने गरेको उहाँले बताउनुभयो । कुनै सालमा त फागुन महिनादेखि नै पानीको हाहाकार हुने गरेको उहाको भनाई छ । पानीको मुहानमा गाउलेहरुको श्रमदान...
भीमदत्त नगरपालिका भित्रका मेलमिलाप कर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम

भीमदत्त नगरपालिका भित्रका मेलमिलाप कर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार पालिकाको रोजगार सेवा केन्द्रले न्यायिक समिति र वडाका मेलमिलापकर्ताहरु सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका सभापती नगरपालिकाका उपमेयर तथा न्यायिक समिती संयोजक निलम लेखक जोशी रहनुभएको थियो भने प्रमुख अतिथी भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी रहनुभएको थियो । रोजगार सेवा केन्द्रका संयोजक कृष्ण बहादुर चन्दले, गत पुष महिनादेखि भीमदत्त नगरपालकामा सामी कार्यक्रम लागुभएको बताउनुभयो । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने नारासहित अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । विषेश गरि विदेशमा रहनुभएका युवायुवती र विदेश जानेहरुलाई यस कार्यक्रम मार्फत सुझाव सल्लाह र परामर्श दिइदै आएको ...
शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुने

शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । शनिबारदेखि महेन्द्रनगरको खुलामञ्चमा निशुल्क बृहत योग शिविरको आयोजना गरिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –४ स्थिीत खुल्ला मञ्चमा ‘‘गरौं योग, रहौं निरोग, जीवन बचाऔं, संस्कारी बनौं,’’ भन्ने मुल नाराका साथ जेष्ठ १७ गते देखि २३ गते सम्म एकहप्ते निःशुल्क वृहत योग विज्ञान शिविरको आयोजना गरीएको हो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा हुने शिविरमा प्रमुख प्रशिक्षण पुज्या साध्वी डा.देवविजयाको पावन मार्गदर्शनमा प्रशिक्षक पतञ्जली नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेव मिश्रलगायतले प्रशिक्षण गर्ने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले पत्रकारसम्मेलनमार्फत जानकारी दिए । १७ गते बाट सञ्चालने हुने वृहत योग शिविरको उद्दघाटन समारोहमा आर्थिक मामिला मन्त्री बहाद...
स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न

स्थानीय तह र सारोकारवालाहरु संग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रवोधिकरण कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
रीदम दत्त पन्त, महेन्द्रनगर–महेन्द्रनगरमा स्थानीय तह र सरोकारवालाहरुसंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सामाजिक विकास कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा सरोकारवालासंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट रहेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्टले कार्यक्रमको बारेमा प्रकास पार्दै विविध विषयमा प्रस्तुति राखेका थिए । उनले अनिवार्य तथा निशुल्क शिक्षा, नेपालको संविधानमा शिक्षा, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन, अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी नियम, अनिवार्य तथा निशुल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज