Advertisement

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराका तिन बर्ष

महेन्द्रनगर–संघिय गणतन्त्र स्थापना पछि स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भयो । जुन निर्वाचनबाट स्थानीय तहमा नयाँ नेतृत्व आएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको ५ बर्षे कार्यकालको तिन बर्ष समयावधि पुरा भएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख राण बहादुर महराले आफु नेतृत्वमा तिन बर्षको समावधिमा के कति निर्वाचनताका मतदातासंग गरेका प्रतिबद्धता पुरा गरे ? त्यसवारे सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
उहाँले आफ्नो कार्यकालका तिन बर्षको समावधिमा मतदातासंग गरेका आफुले गरेका अधिकांस चुनावि प्रतिबद्धता पुरा गरेको बताउनुभयो । उहाँले यो तिन बर्षको सबैराम्रो उपलब्धि शैक्षिक क्षेत्रमा हासिल गरीएको बताउनुभयो । शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षकलाई प्रधानाध्यापक नियुक्ति, कक्षा ८ र एसईई परीक्षाको नतिजा सुधार लगायतका कार्य गरिएको मेयर महराले बताउनुभयो ।

एकीकृत फोहरमैला व्यवस्थापन कार्य पूरा भएर सञ्चालनमा आउने तयारी भएको मेयर महराले बताउनुभयो । फोहरमैला व्यवस्थापन केन्द्र तीन वर्ष ठेकेदार कम्पनीले सञ्चालन गर्ने सम्झौता अनुसार कार्य अघि बढ्ने उहाँको भनाई छ । शुक्लाफाँटा नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको र अहिले थारु आलु उत्पादनमा किसानको आकर्षण बढेको महराले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाका २÷३ वडाका वासिन्दाले व्यवसायिक रुपमा थारु आलु खेती गरेका छन् । केही वडाका वडा अध्यक्षहरु आलु खेतीमा लागेका छन् । ‘अहिले यो आलु महेन्द्रनगर, धनगढी हुँदै पहाडी जिल्लासम्म पुग्ने गरेको छ’ उहाँले भन्नुभयो ।
शुक्लाफाँटा नगरपालिका नयाँ प्रशासकीय भवन निर्माण, नगर स्तरीय कभर्ड हल र शुक्लाफाँटा १ बन्साह कभर्ड हल निर्माण कार्य सम्पन्न गरी सञ्चालनलाई उपलब्धिमा समावेश गरिएको छ । तीन वर्षमा १९ किलोमिटर सडक ट्रयाक खोल्ने कार्य, ४० किलोमिटर सडक ग्राभेल, ३३ किलोमिटर सडक स्तरोन्नति, ४ किलोमिटर सडक कालोपत्र गरिएको पत्रकार सम्मेनलमा जानकारी दिइयो ।

चुनावी वाचा अनुसार नगर चक्रपथ निर्माणमा प्रगति हासिल गरिएको छ । त्यस अन्र्तगत शुक्लाफाँटा १२ कालागौड़ीदेखि जोनापुरसम्म ५ दशमलव ९ किलोमिटर, वार्ड नं ७ समूह चौराहादेखि नहरसम्म ७०० मिटर कालोपत्रे गरिएको छ । यस्तै, चक्रपथ अन्तर्गत नै वार्ड नं ८ भमरभोज नगर चक्र पथ खण्ड १ किलोमिटर पानीपिच गरिएको छ ।

नगरपालिकाबाट ३ किलोमिटर नाली निर्माण भएको छ भने २ किलोमिटर बढी नदी नियन्त्रण तटबन्ध निर्माण गरिएको छ । २ नं वडामा खानेपानी आयोजना निर्माण भएर ५ सय १० घरमा धारा जडान भएको छ । वडा नं १० मा मञ्च प्याराफिट निर्माण, वडा नं। ३,४ र ६ नम्बर वडा कार्यालय भवनको निर्माण, ३ र ६ नम्बरको वडा कार्यालय भवन सञ्चालन गरिएको छ । नगरपालिकाको वडा नं। ३,७ र ९ नं वडामा ३ वटा स्वास्थ्य संस्था भवन निर्माण र १० नं वडामा शहरी स्वास्थ्य भवन निर्माणाधिन रहेको पत्रकार सम्मेनमा जानकारी दिइएको छ ।

आयुर्वेद विज्ञानलाई टेवा पु¥याउन वडा नं १० मा योग भवन निर्माणाधीन छ । सामुदायिक विद्यालय पूर्वाधार विकास अन्तर्गत ४ कोठे ३ वटा भवन निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन छन् ।

कृष्ण माध्यमिक विद्यालय झलारीमा आधुनिक तथा सुविधासम्पन्न छात्रावास भवन निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

५,७ र १० नं वडामा सामुदायिक भवन निर्माणाधिन अवस्थामा रहेका छन् । ७ नं वडामा तेक्वान्दो प्रशिक्षण भवन निर्माणका लागि सम्झौता गरिएको छ ।

४ वटा सामुदायिक विद्यालयको सुरक्षाका लागि पक्की घेरबार पर्खाल निर्माण गरिएको छ भने आधुनिक सुविधासम्पन्न शौचालय समेत निर्माणाधिन अवस्थामा रहेको छ ।

नगरपालिकामा तीन सय सडक बत्ति, ११ सोलार बत्ति र १० वटा हाईमास्ट लाईट जडान गरिएको छ । ७ र ९ नं वडामा २ वटा मल्टीस्पान ट्रस पुल निर्माण गरिएको छ ।

नगरभित्रका निर्माण योजनाको गुणस्तर चेकजाँचका लागि मेसिन खरिद गरी प्रयोगमा ल्याइएको छ । निर्माणसम्बन्धीका सवारी साधन टिप्पर–१, ट्रयाक्टर–१ सेप्टी टंकी सफा गर्ने मेसिन–१ र पानी टंकी–१ खरिद गरिएको छ ।

ढल निकास र डुवानको समस्या हल गर्न यस अवधीमा १०० वटा ह्युमपाईप खरिद गरिएको छ। पर्यटन प्रवद्र्धनका लागि मणिकाधाम–बतासे झरना ३।५ किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ ।

नगरपालिका अन्तर्गतका मुख्य चौराहमा सुरक्षाका निम्ति सीसीटिभी जडान गरिएको छ। ८ नं वडाको गौडी खोलामा नदीजन्य पदार्थ उत्खनन तथा संकलनको ठेक्का व्यवस्थापन गरी ४५ लाख रुपैँया राजस्व संकलन गरिएको छ।

मानव–वन्यजन्तु द्वन्द्ध व्यवस्थापन गर्न जंगली जनावर प्रभावित क्षेत्रहरुमा ७।४५ किलोमिटर मेषवायर घेरबार जडान गरिएको छ ।

एडीबीको अनुदानमा क्षेत्रीय शहरी विकास आयोजना मार्फत सञ्चालनमा रहेका १, २ र ३ सडक खण्ड र फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य भएको छ ।

सुरक्षित नागरिक आवास कर्यक्रममार्फत २५३ जनालाई ३० हजार रुपैँयाका दरले अनुदान दिइएको छ। १२८ जनालाई ५० हजार रुपैँयाका दरले अनुदान दिइएको छ । वडा नं। १० सिमलखेत दलित वस्तिमा ११ वटा आवास घर निर्माणको क्रममा रहेका छन । १२ नं वडामा अधुरो सङ्ग्रहालय निर्माण कार्य सम्पन्न गरिएको छ । नगरपालिकाभरी सिँचाईका लागि १ सय २० बोरिङ्ग जडान गरिएको छ। बजार व्यबस्थापनका लागि ढल निकास तथा नाली निर्माण गरिएको छ । पूर्वपश्चिम लोकमार्गको सडक अधिकार क्षेत्र खाली गराउने कार्य गरिएको छ । बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापन प्रणालीलाई स्थापित गर्दै नगरपालिकाबाट हुने फोहोर उत्सर्जनलाई शून्यमा लैजान प्रतिबद्ध रहेको नगर प्रमुख महराले बताए । १, २, ३, ९, १२ वडाहरुमा ऐलानी जमिन नापचाँज गरिएको छ । लेखा प्रमाणी व्यवस्थित गर्न विद्युतीय भुक्तानी गरिएको छ । शुक्लाफाँटा नगरका उपमेयर कमला पन्तले निर्वाचित भएपछि निष्पक्ष रुपमा जनताको बृद्धि विकासका लागि कामकाज गरेको बताईन । प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पालिकामा प्रशासनिक स्पष्टता अनुरुप विकास निर्माणका योजना फछ्ुर्यौट गरिएको बताए । उनका अनुसार गत आर्थिक बर्ष ०८०÷०८१मा खोलामा नदीजन्य पदार्थ संकलन बाफत ४५लाख राजस्व संकलन गरिएको छ ।
तीन वर्षमा ९३ कानुन निर्माण गरिएको पत्रकार सम्मेनलमा उप मेयर कल्पना पन्तले जानकारी दिइन् । ३०जन्मजात अपाङताको पहिचान गरेर तालिम सचालन, एकल महिलालाई तालिम, ३सय बढि जेष्ठ नागरिकलाई परिचय पत्र वितरण, नगर प्रहरी गठन, अटो रिक्सा दर्ता कानुन बनाई हालसम्म ४४अटो रिक्साहरु दर्ता, ११रुटमा ईजाजत प्रदान गरिएको छ ।
कञ्चनपुरमा पत्रकार सम्मेलन गरी तीन वर्षको उपलब्धि सार्वजनिक गर्ने महरा पहिलो मेयर हुन् । उनी एमालेबाट निर्वाचित नगर प्रमुख हुन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज