Advertisement

स्वास्थ्य

डडेल्धुरा अस्पताललाई फेरि ‘प्रथम सेवा विन्दु’ कायम

डडेल्धुरा अस्पताललाई फेरि ‘प्रथम सेवा विन्दु’ कायम

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
डडेल्धुरा – स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो । डडेल्धुरा अस्पतालबाट सेवा विन्दु हटाउने निर्णयपछि सामाजिक सञ्जालदेखि नागरिक तहसम्म स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार डडेल्धुरा अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ। डडेल्धुरा अस्पतालले...
छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – महिलामाथि हुने सबै किसिमको विभेद र हिंसाको अन्त्यका लागि निरन्तर संघर्षरत अखिल नेपाल महिला(अनेम) संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठनमा आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले महिलामैत्री वातावरण निर्माणमा योगदान पुयाउन राज्यका सबै निकाय, सरोकारवाला संस्था र नागरिक समाजलाई आग्रहसहित अखिल नेपाल महिला संघसँग आबद्ध जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफ्नो स्थानीय पालिकामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन दिएको हो । शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । महिलाको मौलिक अधिकार सुनिश्चित गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर्नु अत्यावश्यक भएको उल्लेख गरीएको अनेम ...
कृष्णपुरमा नागरिकसंग मेयर अभियान समापन, साढे ३२ हजार लाभान्वित

कृष्णपुरमा नागरिकसंग मेयर अभियान समापन, साढे ३२ हजार लाभान्वित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि चार महिनाअघि फागुन बाट सुरु गरिएको घरधुरी अभियानको समापन गरिएको छ । सोमाबार कृष्णपुर नगरपालिका वडा नं. ५ मा नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यता एवं वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेयको अध्यक्षतामा उक्त कार्यक्रमको समापन गरीएको हो ।   उक्त कार्यक्रम अन्तरगत नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमै गएर सुगर, रक्तचाप लगायतका जाँचहरु गरि स्वास्थ्य संस्थामा उपलब्ध औषधीहरु प्रदान गराई आवश्यक सुझाव सल्लाह दिए । असार ३० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले बताए । उनका अनुसार १९ हजार ६५४ जना महिला र १२ हजार ९०६ जना पुरुष गरि जम्मा मबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएका हुन् ।...
महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक थपिएका छन् । रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय ६ जना विशेषज्ञ चिकित्सक थपिएसंगै २३ जना विशेषज्ञ चिकित्सकहरुले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गरीरहेका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए । उनका अनुसार विषेशज्ञ चिकित्सक थपिएसंगै मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा गरीएको छ । विशेषज्ञ डाक्टरहरु थपिएसंगै अस्पतालको सेवा प्रवाहमा प्रभावकारीता आउने निमित्त मेडिकल सुपरिटेन्डेन भट्टले बताए । ‘विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ’, भट्टले भने, ‘एउटै विभागमा दुईरतीन जना व...
लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबिच स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरिएको हो । पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वय निर्देशिका–२०७९ ले १६ वटा सुचक निर्धारण गरेको छ । जस अनुसार देखतभुली स्वास्थ्य चौकी १५ वटा सुचकमा सफलता हासिल गरेको छ । भने औषतमा ९० प्रतिशत बढी उपलब्धी हासिल गरेको स्वास्थ्य चौकीले जनाएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले देखतभुली स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री संस्था घोषणा गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । उनले पालिकाले पुर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि प्राथमिकता दिएको बताउँदै समृद्ध लालझाडी बनाउने अभियानमा आफुहरु जुटेको उल्लेख गरे । अलिल्लो वर्ष बालबालिकामैत्री स्वास्थ्य संस्थ...
बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् । स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो । पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् । पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बत...
एक पाउबढि खैरो हिरोईन बरामद

एक पाउबढि खैरो हिरोईन बरामद

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – नेपाल प्रहरीले एक पाउभन्दा बढि खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट शुक्रबार दुई सय ७३ ग्राम खैरो हिरोई (लागू औषध) सहित पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बिसी र दार्चुलाको महाकाली नगरपालिका– ३ बस्ने ४२ वर्षीय नरसिंह महरालाई पक्राउ गरेको हो ।   लागुऔषध बेचविखन हुने सूचनाआधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रंगेहात पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर बोहराले बताए । उनका अनुसार उनीहरुका साथबाट ५ थान सेतो प्लाष्टिकको पोका पारेको अवस्थामा लागुऔषध बरामद गरीएको हो । प्लाष्टिक सहित २७९ ग्राम २५० मिलीग्राम भएता पनि प्लास्टिक हटाएपछि २७३ ग...
नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्वास्थ्य
पार्वती बोहरा महेन्द्रनगर – त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको छ । टज जितेर वलिङ्ग रोजेको नेपालले नेदरल्याण्डले दिएको एक ७५ रनको लक्ष्यलाई १९ दशमलव ४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । कुसल भुर्तेलले ५१ बल खेल्दै सार्वाधिक ६५ रन बनाए । भने आरिफ सेखले २३ बलमा ३९ रन बनाए र भीम सार्कीले १६ बलमा २७ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १२ बल खेल्दै नट आउट १६ रन जोडे । त्यसैगरी ४ बल खेलेका लोकेस बमले नटआउट १२ रन बनाए । ६ बल खेलेर आउट भएका आसिफ सेखले ७ रन मात्रै जोड्न सफल भए । कम्तान रोहित पौडेलले ७ बलमा ५ रनमा क्याच आउट भए । आरीफ सेखलाई रिटार्य हट गरीएको हो । नेदरल्याण्डका मिचेल लेभिटले ५३ बलमा ८६ रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।   ...
पर्यटन प्रवर्धनका लागि नेपाल–भारत काव्यगोष्ठी २०८२ सम्पन्न

पर्यटन प्रवर्धनका लागि नेपाल–भारत काव्यगोष्ठी २०८२ सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
हेमा भट्ट कञ्चनपुर —पर्यटन प्रवर्धन तथा साहित्य–संस्कृतिको सम्बर्धन गर्ने उद्देश्यका साथ नेपाल–भारत काव्यगोष्ठी २०८२ जेठ ३१ गते शनिबार, कृष्णपुर नगरपालिका–०२, वाणी कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं। ०२ कार्यालय, कृष्णपुर नगरपालिकाको मुख्य प्रवर्धनमा तथा श्री उदय साहित्य समाज वाणीको आयोजनामा, अखिल नेपाल लेखक सङ्घ सुदूरपश्चिम प्रदेशको विशेष सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा भारतबाट बरेली, पीलिभीत, खटीमा लगायतका ठाउँबाट आएका साहित्यकारहरूलाई नेपाल–भारत साहित्य सेतु सम्मान प्रदान गरियो। सम्मानित हुनेहरूमा भारतका उपमेन्द्र सक्सेना, सत्यपाल सिंह सजग, राम रतन यादव रतन रहेका थिए।   कार्यक्रमका प्रमुख अतिथि वडा नं। ०२ का अध्यक्ष अर्जुन सिंह साउद, सभाध्यक्ष सिर्जन पाल, विशेष अतिथि तिर्थराज जोशी, कल्याण ओझा, कोपिला शर्मा, जगदीश ओझा तथा अतिथि कलाकार द...
कञ्चनपुरका दुई पालिकालाई भारतिय सहयोगका एम्बुलेन्स प्रदान

कञ्चनपुरका दुई पालिकालाई भारतिय सहयोगका एम्बुलेन्स प्रदान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाका दुई स्थानीय तहले नेपाल–भारत साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स प्राप्त गरेका छन् । शनिबार काठमाण्डौंमा भारतिय राजदुतावासमा आयोजित एक कार्यक्रममा जिल्लाका कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाले उपहारस्वरुप एम्बुलेन्स पाएका हुन् । काठमाडौंमा आयोजित उक्त समारोहमा भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनहरुको चाबी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझालाई हस्तान्तरण गरेका छन् । भारत सरकारको सहयोगमा प्राप्त सुबिधा सम्पन्न एम्बुलेन्सले दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाका ेस्थानीयलाई स्वास्थ्य सेवाको पहुचमा पु¥याउन ठुलो राहत पुग्ने जनअपेक्षा गरीएको छ । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज