Advertisement

सुदूरपश्चिम

दोधारा चाँदनीका बाढी प्रभावित गर्भवती र सुत्केरीहरुका लागि लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग

दोधारा चाँदनीका बाढी प्रभावित गर्भवती र सुत्केरीहरुका लागि लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरेको छ् । दोधारा चाँदनीमा केह िदिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको थियो । सोही समयमा गर्भवती तथा सुत्केरीहरु बाढीबाट प्रभावित भएको बताउदै शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको शुदुरपश्चिम महिला जागरण ...
बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु भएको छ । आइतबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा वडा कार्यालयको आर्थिक सहयोग तथा सामाजिक अगुवाहरुको अगुवाईमा श्रीमद् भागवत सप्ताह सुरु गरिएको हो । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष एव महायज्ञ मुल आयोजक समितिका संयोजक महेशदत्त जोशीले बेदकोट नगर धार्मिक पालिका भएको भन्दै सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए । ‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’ महायज्ञबाट नैतिक शिक्षादेखि समाजिक बृद्धि विकासका लागि हामीले प्रण गरेको बताए । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले स...
दोधारा चाँदनीमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

दोधारा चाँदनीमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

Breaking News 2, समाचार, सुदूरपश्चिम
दोधारा । दोधारा चाँदनी नगरपालिकामा प्रहरीको लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको अस्सथायी प्रहरी पोष्ट झोलुङ्गे पुलको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको मालिका आधारभुत बिद्यालयमा अध्ययनरतमा अध्यनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र यसको सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।   बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र लागुऔषध सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी बिद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।  ...
दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी

दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघ खोज्न दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ को उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च अभियान थालेको छ् । गत बिहिबार दोधारा चाँदनी नगरपालिका– २ मा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । हीरा शाहीको ज्यान लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोही स्थानकै खेतवारीमा अर्को बाघ देखे परेको खबर पाएसंगै स्थानियहरुमा त्रास छाएको हो । यस्तै वडा नं. ३ मा रातीको समयमा बाघले ३ किसानको बाख्रा माथी आक्रमण गरेर खाएरपछि बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समन्वय गरि बाघ खोज्न सर्च अभियान संचालन गरेका छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टो...
बाघको आक्रमणबाट ज्यान गुमाएको हिराका परिवारजनलाई १ लाख किरिया खर्च

बाघको आक्रमणबाट ज्यान गुमाएको हिराका परिवारजनलाई १ लाख किरिया खर्च

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
दोधारा । हिमालयन मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट ज्यान गुमाएका दोधारा चाँदनी नगरपालिका २ का २३ वर्षीया हिरा शाहीको परिवारलाई किरिया खर्च हस्तान्तरण गरेको छ् । मध्यवर्ती व्यवस्थापन समितिको नियमअनुसार तत्काल राहत उपलब्ध गराउने कोषबाट काजक्रिया खर्च बापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हिमालयन मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिएका छन् । बिहीबार बिहान धान गोड्दै गरेका हिरा शाहीको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । यस अघि दोधारा चाँदनी नगरपालिका कार्यालयको विपद् कोषबाट राहत सहयोग रकम रु. ५० हजार पिडित परिवारजनलाई हस्तान्तरण गरिएको हो ।...
दोधारा चाँदनीमा फेरी बाघ देखियो, स्थानियहरु त्रासमा

दोधारा चाँदनीमा फेरी बाघ देखियो, स्थानियहरु त्रासमा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा फेरी बाघ देखिएको छ । बिहीवार मात्रै दोधारा चाँदनी नगरपालिका–२ मा महिला माथि आक्रमण गरेर ज्यानै लिएको थियो । सोही स्थानमा अर्काे बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुले उक्त स्थानमा स्थानियहरुले रातीको समयमा गस्ती गरेका थिए । स्थानियहरुलाई रातीको समयमा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको थियो । ‘अहिले फेरी त्यही ठाँउमा अर्को बाघ देखा पर्‍यो भन्ने सुन्नमा आएको हुदा सबै जना सचेत भएर सुरक्षित साथ बस्नको लागि अनुरोध गर्दै भोली बिहानै ड्रोनबाट खोजिने तथा पत्ता लगाउने काम गरिने जानकारी गराउदछु’ दोधारा चाँदनी नगरपािलकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।...
बाघको आक्रमणबाट अस्ताइन् ‘हिरा’, २ वर्षे बालक विचल्लीमा

बाघको आक्रमणबाट अस्ताइन् ‘हिरा’, २ वर्षे बालक विचल्लीमा

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज (शुक्रवार) बिहान दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले प्राविधिक टोलीले हात्तीसहितको डार्ट राखेर बाघलाई नियन्त्रणमा लिइएको बताए। बिहीवार बिहान सोही उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहको घटनास्थलमै मृत्यु भएको थियो। घटनालगत्तै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि बाघ खोज्न त्यहाँ पुगेको थियो। दुवै टोलीले एक दिनपछि मात्रै बाघलाई नियन्त्रणमा लिन सकेको हो। बाघलाई अ...
बाघको आक्रमणबाट ज्यान गुमाएका हिराको परिवारलाई नगरपालिकाको ५० हजार सहयोग

बाघको आक्रमणबाट ज्यान गुमाएका हिराको परिवारलाई नगरपालिकाको ५० हजार सहयोग

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकी २३ वर्षिय हीरा शाहको परिवारलाई दोधारा चाँदनी नगरपालिकाले आर्थिक सहयोग गरेको छ् । बिहिबार दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलकी हिरा शाहीले खेतमा धान गोड्ने क्रममा बाघको आक्रमणमा परी ज्यान गुमाएकी हुन् । खेतमा धान गोड्ने (घास काट्ने) क्रममा पछाडी पट्टी रहेको उखुाबारीबाट बाघले आक्रमण गर्दा शाहीको मृत्यु भएको हो । शुक्रबार दोधारा चाँदनी नगरपालिकाले मृतक शाहको परिवारलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ् । पीडित परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त आर्थिक सहयोग गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । दोधारा चाँदनी नगरपालिका–२ का वडाध्यक्ष पदम रावलले आज उक्त आर्थिक सहयोग मृतक शाहको परिवारलाई हस्तान्तरण गरेका हुन् ।  ...
हिराको ज्यान लिने बाघलाई शुक्रबार बिहान नियन्त्रण लिईयो

हिराको ज्यान लिने बाघलाई शुक्रबार बिहान नियन्त्रण लिईयो

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । बिहिवार दोधाराचाँदनी-२ कि २६ बर्षिया हिरा कुमारी शाहको ज्यान लिने बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ । बिहान साढे ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई डार्ट गरि नियन्त्रणमा लिएको जनाईएको छ । बुधवार बस्ती पसेको बाघले हिजो बिहान हिराको घाँस काट्ने क्रममा ज्यान लिएपछि नियन्त्रणमा लिने प्रयास भएको थियो । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लगाउने जनाईएको छ ।...
बिहानै देखि उखु बारीमा बाघको खोजी सुरु

बिहानै देखि उखु बारीमा बाघको खोजी सुरु

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर –कञ्चनपुरमा महिला माथि आक्रमण गर्ने बाघ बिहीबार नियन्त्रण लिन नसकेपछि शुक्रवार पुनः खोजी कार्य सुरु गरिएको छ । बिहीबार रात परेकाले खोजी गर्न समस्या आएपछि शुक्रवार बिहानै देखि खोजी कार्य सुरु गरिएको हो । बिहीबार बिहान १० दोधारा चाँदनी नगरपालिका –२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो । बुधवार साँझ देखि सो ठाउँमा देखिरहेको नरभक्षी बाघ नियन्त्रणमा आउन सकिएको छैन। महिलाको शव फेला परेपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक डार्ट टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको ४ हात्ती सहितको टोलीले खोजी सुरु गरेको थियो। बर्दियाको प्राविधिक टोलीले बिहीबार साँझ ४ बजेपछि खोजी कार्य सुरु गरिएको थियो । ३ घण्टा लगातार प्राविधिक टोलीले खोजो गर्दा बाघ नियन्त्रणमा आएन । नियन्त्रणम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज