Advertisement

दोधारा चाँदनीका बाढी प्रभावित गर्भवती र सुत्केरीहरुका लागि लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग

पप्पु गुरुङ्ग, दोधारा । शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरेको छ् । दोधारा चाँदनीमा केह िदिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको थियो । सोही समयमा गर्भवती तथा सुत्केरीहरु बाढीबाट प्रभावित भएको बताउदै शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्रीले जानकारी दिनुभएको छ् ।

बाढीले गर्भवती तथा सुत्केरीहरुलाई नराम्रो संग प्रभाव पारेको बताउदै अध्यक्ष नन्दा देबी खत्रीले शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा दोधारा चाँदनी नगरपालिका– ३, ८ र १० वडाका गर्भवती तथा सुत्केरीहरुलाई उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको बताउनुभएको छ् । बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरीहरुको संस्थाले घर–घरमा पुगेर लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्रीले बताउनुभएको छ् । नगर क्षेत्रमा रहेको १० जना गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको उहाँल् बताउनुभएको छ् ।

गर्भवती तथा सुत्केरीहरुलाई खानपान, पारिवारिक अवस्थाको बुझ्नुको साथै मनोसामाजिक परामर्श प्रदान समेत गरिएको संस्थाले जनाएको छ् । बाढी आएको बेला गर्भवती तथा सुत्केरीहरु बाढीबाट ज्यान बचाउन भाग्नु परेको अवस्था, खानपान तथा बस्नको समस्या खेप्दै आएको बिषयलाई लिएर आगमी दिनहरुमा पनि संस्थाले सघाउने निर्णय भएको बताईएको छ् । महिला पुर्नस्थापना केन्द्र (ओरेक), स्नेह अभियानका अभियन्ता बिष्णु रेग्मीले स्नेहको ‘तिमी एकलै छैनौ, हामी संग संगै छौ’ अभियान अन्तर्गत गर्भवती तथा सुत्केरीहरुलाई थोरै भएपनि सहयोग गर्ने प्रयास गरिएको बताउनुभएको छ् ।

बिगत लामो समय देखि महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले महिलाकै क्षेत्रमा काम गर्दै आएको बताउदै स्नेह अभियानका अभियन्ता बिष्णु रेग्मीले कञ्चनपुरको अरु पालिका भन्दा दोधारा चाँदनी नगरपालिका बाढीबाट प्रभावित नगरपालिका भएको हुदा संस्थाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आगामी दिनहरुमा महिलाको क्षेत्रमा बिभिन्न कार्यक्रम संचालन गर्दै जाने बताउनुभएको छ् ।

यस अघि शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाले दोधारा चाँदनी नगरपालिका– ३ बाढीबाट घरवार विहिन भएर जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका मनिषा सुनार बिद्यालयमा सुत्केरी भएपछि उनलाई सुत्केरी सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज