कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई
महेन्द्रनगर– कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा भीमदत्त नगरपालिकालाई ४ विकेटले पराजित गर्दै नविल बैंकले उपाधि चुमेको हो । नविल बैंकले उपाधि जितेसंगै नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी पाएको छ ।
भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश बहादुर चन्दले १० रनको योगदान गरे ।
बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे । त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए ।
यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका...




















