प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफत ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुधबार निर्वाचन समिति संयोजक हरी प्रसाद जोशीको सभाध्यक्षता एवं नेकपा(एमाले)का केन्द्रय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवि पालको प्रमुख आतिथ्यतामा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको ८औ जिल्ला अधिबेशनबाट निर्वाचित पदाधारी तथा सदस्यहरुको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत राजेन्द्र धामीले सफथ खुवाएका थिए । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा प्रदेश कोषाध्यक्ष लक्ष्मण दत्त पन्तले नव निर्वाति अध्यक्ष मदन गिरीलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका ंप्रदेश ईन्चार्ज लोकसरी कुवर, नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा विशिष्ठ अतिथी रहेका ...



















